डिशहोम फाइवरनेटको नयाँ अफर “कनेक्सनको दोब्बर उत्सव”, उच्च गतिको इन्टरनेटसँगै डबल ब्यान्डविथ

  • Technology Khabar | ३ आश्विन २०८०, बुधबार
डिशहोम फाइवरनेटको नयाँ अफर “कनेक्सनको दोब्बर उत्सव”, उच्च गतिको इन्टरनेटसँगै डबल ब्यान्डविथ

काठमाडौं ।

डिशहोम फाइवरनेटले आफ्नो अमुल्य ग्राहकहरुका लागि “कनेक्सनको दोब्बर उत्सव” अफरको सुरुवात गरेको छ। यो चाडवाडको मौसममा यस योजना मार्फत डिशहोम फाइवरनेटको नयाँ कनेक्सन लिने ग्राहकले एक दाममा डबल ब्यान्डविथ अर्थात अब ५० एमबीपिएसको पैसा तिर्दा १०० एमबीपिएसको ब्यान्डविथ पाउनुहुनेछ।

यो अफर अन्तर्गत ग्राहकहरुले शुलभ मुल्यमा डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउनेमा कम्पनीले विश्वास लिएको छ।

नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधै तत्पर रहेको छ। ग्राहकहरुले आफ्नो बजेटअनुसारको इन्टरनेट र टिभी प्याकेज छानीछानी लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहक सेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक वन्न सफल भएको उल्लेख छ।

डिशहोम फाइवरनेटको जडान तथा अन्य सेवाहरु नजिकैको डिलर दाइ अथवा हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. ०१ ५९७०३६५ मा फोन गरेर लिन सकिने जनाएको छ।

योजना अन्तर्गत डिशहोम फाइवरनेट जडान जडान गर्ने ग्राहकहरुले निम्न वमोजिमको ब्यान्डविथ शुलभ मुल्यमा पाउन सकिनेछः

*५०+५० एमबीपीएसः एक वर्षका लागि १०० एमबीपीएस ब्यान्डविथ उहि पुरानै ५० एमबीपीएसको मुल्यमा मात्र रु.७,८९८ (भ्याट वाहेक) मा जडान गर्न सकिने ।

*७५+७५ एमबीपीएसः एक वर्षका लागि १५० एमबीपीएस ब्यान्डविथ उहि पुरानै ७५ एमबीपीएसको मुल्यमा मात्र रु.८,७५९ (भ्याट वाहेक) मा जडान गर्न सकिने ।

*१००+१०० एमबीपीएसः एक वर्षका लागि २०० एमबीपीएस ब्यान्डविथ उहि पुरानै  १०० एमबीपीएसको मुल्यमा मात्र रु.९,६९८ (भ्याट वाहेक) मा जडान गर्न सकिने ।

*१५०+१५० एमबीपीएसः एक वर्षका लागि ३०० एमबीपीएस ब्यान्डविथ उहि पुरानै १५० एमबीपीएसकै मुल्यमा मात्र रु.७,८९८ (भ्याट वाहेक) मा जडान गर्न सकिने ।

प्रकाशित: ३ आश्विन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार