भारतमा जियोले ल्यायो फाइभजी वायरलेस ब्रोडब्यान्ड सेवा

  • Technology Khabar | ४ आश्विन २०८०, बिहीबार
भारतमा जियोले ल्यायो फाइभजी वायरलेस ब्रोडब्यान्ड सेवा

काठमाडौं ।

भारतीय अपरेटर जियोले द्रुत फाइबर पहुँच नभएका क्षेत्रहरूलाई लक्षित गर्दै यसको फाइभजी वायरलेस ब्रोडब्यान्ड सेवा ‘जियो एयरफाइबर (Jio AirFiber)’ प्रस्तुत गरेको छ।

जियो एयरफाइबर अहमदाबाद, बेंगलुरु, चेन्नई, दिल्ली, हैदरावाद, कोलकाता, मुम्बई र पुणे गरी आठ शहरहरूमा सुरू भएको बताएको छ।

भारतीय मिडियाहरुका अनुसार, रिलायन्स एयर फाइबरमा, प्रयोगकर्ताहरूले १ जीबीपीएससम्मको उत्कृष्ट गति प्राप्त गर्नेछन्, जसले गर्दा प्रयोगकर्ताले हाई-डेफिनिशन भिडियो स्ट्रिमिङ, अनलाइन गेमिङ र निर्बाध भिडियो कन्फरेन्सिङको आनन्द लिन सक्नेछन्।

रिलायन्सका अध्यक्ष मुकेश अम्बानीले गत अगस्ट २८ मा ४६औँ वार्षिक साधारण सभामानै जियो एयर फाइबरको घोषणा गरेका थिए।

यदि प्रयोगकर्ताले १ जीबीपीएस स्पिडको प्लान लिन चाहन्छ भने उसले भारु. ३,९९९ रुपैयाँ खर्च गर्नुपर्नेछ।

सबै योजनाहरुमा ५५० भन्दा बढी डिजिटल च्यानलहरू, १४ मनोरन्जन एपहरू र नेटफ्लिक्स, अमेजन र जियो सिनेमा जस्ता प्रिमियम एपहरू उपलब्ध हुने मिडिया रिपोर्टमा उल्लेख छ।

यो सेवा मार्फत २० करोड घर र परिसरमा पुग्ने कम्पनीको आशा छ। प्लान लिने ग्राहकहरुलाई अत्याधुनिक वाईफाई राउटर, फोरके स्मार्ट सेट टप बक्स र भ्वाइस एक्टिभेटेड रिमोट नि:शुल्क उपलब्ध गराउने कम्पनीले स्पष्ट गरेको छ।

प्रकाशित: ४ आश्विन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • ४ आश्विन २०८०, बिहीबार