
काठमाडौं ।
अमेरिकी एयरोस्पेस कम्पनी स्पेसएक्सद्वारा सञ्चालित स्याटेलाइट इन्टरनेट कम्पनी स्टारलिंकको दुई महिनामा दुई सयभन्दा बढी स्याटेलाइट हराएको छ। स्याटेलाइटम्यापडट स्पेशको डाटा अनुसार १८ जुलाई देखि १८ सेप्टेम्बरको अवधिमा स्टारलिंकको २१२ स्याटेलाइट हराएको हो।
डाटाले जलेको उपग्रहहरूको संख्या विगत तीन वर्षमा लगातार बढिरहेको देखाउँछ, तर जुलाई महिनाको सुरुदेखि उल्लेखनीय वृद्धि देख्न सकिन्छ।
यी स्याटेलाइटहरु डि-अर्बिट गर्न निर्धारित गरिएको थियो वा बर्न-अप असफलताको परिणाम थियो भन्ने स्पष्ट छैन।
केही विज्ञहरूले ट्र्याकर वेबसाइटमा पोस्ट गरिएका नम्बरहरूको सटिकतामा प्रश्न उठाएका छन्। यो संख्या असामान्य रूपमा उच्च भएको उनीहरुले बताएको साइबरन्यूजले उल्लेख गरेको छ।
स्याटेलाइटडटस्पेसको अनुसार, यसको डाटा ‘स्पेस-ट्याकडटओराजी र अन्यत्र प्रकाशित सार्वजनिक ट्र्याकिङ डाटाबाट आउँछ।’
स्टारलिंक स्याटेलाइटहरु लाइफ सर्कलको अन्त्यमा पृथ्वीको वायुमण्डलमा चल्ने गरी डिजाइन गरिएको हुन्छ। यसको यसको जीवन करिब ५ वर्षको हुन्छ।
स्पेसएक्सले सन् २०१९ देखि स्टारलिंक स्याटलाइट प्रक्षेपण गर्न सुरु गरेको हो। उक्त समयदेखि पृथ्वीको तल्लो कक्षमा स्टालिंकका ५ हजार भन्दा बढी स्याटलाइट तैनाथ छन्। यी मध्ये करिब ४ हजार ५०० सक्रिय अवस्थामा रहेको विश्वास गरिएको छ।
स्याटलाइट इलेक्ट्रोम्यागनेटिभ स्ट्रोमबाट पनि प्रभावित हुँदै आइरहेका छन्। विगतमा विनाशकारी सौर्य घटनाबाट पनि स्टारलिंक प्रभावित भएको थियो।
प्रकाशित: ४ आश्विन २०८०, बिहीबार