रेड्मी के ७० प्रो प्रमुख विशेषताहरू सहित गिकबेन्चमा देखियाे

  • Technology Khabar | ४ आश्विन २०८०, बिहीबार
रेड्मी के ७० प्रो प्रमुख विशेषताहरू सहित गिकबेन्चमा देखियाे

काठमाडौं ।

रेड्मी के ७० प्रो प्रमुख विशेषताहरू सहित गिकबेन्चमा देखिएको छ।

शाओमीले रेड्मी नोट १३ श्रृंखला  चीनमा लन्च गर्दैगर्दा, कम्पनीले यस वर्ष रेड्मी के ७० लाईनअप अनावरण गर्ने अपेक्षा गरिएको छ।

ब्रान्डले रेड्मी के ७० श्रृंखलाको बारेमा अझै केही खुलासा गरेको छैन। यद्दपी शाओमी डिभाइस स्पोर्टीङ मोडल कोड २३११७आरके ६६ सी, र रेड्मी के ७० प्रो मानिन्छ। याे मुख्य विशेषताहरूको साथ गिकबेन्चमा पपअप भएको हाे।

डिभाइसले एन्ड्रोइड १४ चलाउने तथा १६ जीबी र्याम अनबोर्ड रहेकाे उल्लेख छ। यो १+२+५ कन्फिगरेसन भएको अक्टा-कोर सीपीयू द्वारा संचालित रहेकाे तथा, प्राइम कोरको मेक्सीमम क्लक फ्रिक्वेन्सी ३.१९ गिगहर्ज रहेकाे बताइएकाे छ। यो चिपसेट अझै घोषणा हुन बाँकी रहेकाे स्न्यापड्रयागन ८ जेन ३ एसओसी हो भन्ने विश्वास गरिन्छ।

प्रकाशित: ४ आश्विन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...