नमस्ते पे एप डाउनलोड गरि पूर्ण केवाईसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूलाई रु.५० दिने

  • Technology Khabar | ३ आश्विन २०८०, बुधबार
नमस्ते पे एप डाउनलोड गरि पूर्ण केवाईसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूलाई रु.५० दिने

काठमाडौं ।

नमस्ते पे ले सबै प्रयोगकर्ताहरुलाई एउटै छानामा समावेश गर्ने उद्देश्यका साथ आउदै गरेको चाडपर्व लाई लक्षित गर्दछ नयाँ प्रयोगकर्ताका लागि नयाँ अभियान सुरु गरेको छ।

जस अन्तर्गत नमस्ते पे एप डाउनलोड गरि पूर्ण केवाईसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले रु. ५० प्राप्त गर्नेछन्। यो अभियान २०८० साल असोज १ गतेदेखि असोज १५ २०८० सम्म लागु हुने जानकारी दिएको छ।

नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाईसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले तुरुन्तै आफ्नो मुख्य वालेटमा रु. ५० प्राप्त गर्नेछन्। प्रयोगकर्ताहरूले कुनै पनि लेनदेनमा रु ५० को पुरस्कृत रकम प्रयोग गर्न सक्छन्।

प्रयोगकर्ताहरूले मूल कागजातहरूको फोटो अपलोड गरेर केवाईसी प्रमाणित गर्नुपर्नेछ। कागजातहरू नागरिकता, राहदानी, लाइसेन्स र मतदान कार्ड मध्ये कुनै एक हुनु पर्ने जनाएको छ।

प्रकाशित: ३ आश्विन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free voice, data and SMS services in flood-affected areas by 7 days

  • Technology Khabar
  • ३ आश्विन २०८०, बुधबार