युट्युबरद्वारा फोल्डेबल आईफोन जस्तो देखिने भिडियो पोष्ट

  • Technology Khabar | ३ आश्विन २०८०, बुधबार
युट्युबरद्वारा फोल्डेबल आईफोन जस्तो देखिने भिडियो पोष्ट

काठमाडौं ।

फोल्डेबल आईफोनको बारेमा हल्ला चलिरहेको वर्षौं भइसकेको छ। यद्यपी एप्पलले यस प्रकारको आईफोन निर्माण गरिरहेको भन्ने कुनै पनि प्रमाण उपलब्ध भएको छैन।

यसै क्रममा एक चर्चित युट्युबर लुईस हिलसेन्टेगर (अनबक्स थेरापी) ले हालै पोस्ट गरेको भिडियोमा फोल्डेबल आईफोन प्रोटोटाइप जस्तो देखिएको उल्लेख छ।

युट्युबरले पोस्ट गरेको भिडियोको डिभाइसमा आईफोन १५ प्रो र प्रो म्याक्सको जस्तै ट्रिपल रियर क्यामरा बम्प रहेको र सामसङ ग्यालेक्सी जेड फ्लिप ५ जस्तै फोल्ड पनि हुने गीज्मोचाइनाको रिपोर्टमा उल्लेख गरिएको छ।

नजिकबाट हेर्दा उक्त डिभाइस वास्तविक एप्पल प्रोडक्ट नभएको र क्ल्यामशेल आईफोन जस्तो देखिने शैलीमा बनाइएको फिचर फोन भएको जनाइएको छ। त्यस्का साथै हिंज पनि निकै कम गुणस्तरको भएको र “कभर डिस्प्ले” को आकार क्यामरा आइल्याण्ड समान रहेको उल्लेख छ। साथै यो डिभाइस धेरै ठूला कभर डिस्प्लेहरू हुने फोल्डेबल एन्ड्रोइड फोनहरूको विपरीत भएको जनाइएको छ।

हिलसेन्टेगरले प्राप्त गरेको डिभाइस थर्ड–पार्टि (तेस्रो–पक्ष) कम्पनी द्वारा बनाईएको मकअप हुन सक्ने सम्भावना रहेको जनाइएको छ। त्यस्का साथै सो डिभाइस केवल एक ह्वोक्स (धोखा) पनि हुन सक्ने सम्भावना भएको उल्लेख छ।

एप्पलले फोल्डेबल आईफोनमा काम गरिरहेको हुन सक्ने सम्भावना रहेको तर हाल सम्ममा त्यस बारेमा कुनै पनि प्रमाण भने उपलब्ध नभएको जनाइएको छ। यद्यपि, कम्पनीले कथित रूपमा फोल्डेबल स्क्रिन टेक र (वा) फोल्डेबल आईफोन/आईप्याडहरूको लागि स्क्रिन प्रोटेक्सनको लागि पेटेन्ट दायर गरेको उल्लेख छ।

यस बीचमा, एन्ड्रोइड निर्माताहरूले द्रुत गतिमा फोल्डेबल फोनहरूका साथ बजारमा नयाँ हलचल मच्चाई रहेका छन्। सामसङका ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ पछिल्ला फोल्डेबलहरू हुन् भने मोटोरोला र ओप्पो जस्ता अन्य कम्पनीहरूले पनि नयाँ फोल्डिङ फोनहरू सार्वजनिक गरिरहेका छन्।

प्रकाशित: ३ आश्विन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार