सरकारी सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थल अध्यागमनको काम प्रभावित

  • Technology Khabar | २ आश्विन २०८०, मंगलवार
सरकारी सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थल अध्यागमनको काम प्रभावित

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभागको सर्भरमा समस्या हुँदा यात्रुहरु मारमा परेका छन्। मंगलबार बिहानैदेखि सर्भरमा समस्या देखिँदा यात्रुहरू मारमा परेका हुन्।

विभागकाअनुसार सर्भरमा समस्या आएका कारण यात्रु चेक जाँचपास बिहान करिब दुई घण्टा प्रभावित प्रभावित बनेको थियो।

यसले गर्दा यात्रुहरू लामो समय लाइनमा बस्नु परेको थियो तर, यसैका कारण कुनै पनि उडान भने प्रभावित नभएको विभागको भनाई छ।

विभागले आफ्नो मात्र नभई सरकारी जीआईडीसीमा नै समस्या आएको र त्यसले असर पारेको बताएको छ।

प्रकाशित: २ आश्विन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार