धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पे एपबाट

  • Technology Khabar | २९ भाद्र २०८०, शुक्रबार
धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पे एपबाट

काठमाडौं ।

नेपालको पहिलो डिजिटल वालेट“आइएमई पे” मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ। धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा आइएमई पे ले यहि भाद्र महिनाबाट सन्चालनमा ल्याएको हो।

यसका साथै, आइएमई पेको ‘किन लाइन बस्ने, मोबाइल बाटै तिर्ने’ अफर मार्फत आइएमई पेका सेवाग्राहीले खानेपानीको बिल भुक्तानी गर्ने क्रममा प्रोमो कोड प्रयोग गरि रु. १०० सम्म छुट पनि प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाले धरानवासीलाई लामो लाम बस्न पर्ने झन्झट बाट मुक्त गराई उपमहानगर लाई डिजिटलाइजेसनमा जान सहायता पुर्याउने आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जनाएका छन्।

प्रकाशित: २९ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...