अवैध रुपमा कल सेन्टर सञ्चालन गरी रकम संकलन गरेको आरोपमा २० वर्षिय युवक पक्राउ

  • Technology Khabar | २९ भाद्र २०८०, शुक्रबार
अवैध रुपमा कल सेन्टर सञ्चालन गरी रकम संकलन गरेको आरोपमा २० वर्षिय युवक पक्राउ
सांकेतिक तस्विर

काठमाडौं ।

नेपालमा अवैध रुपमा कल सेन्टर सञ्चालन गरी रकम संकलन गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले अवैध कल सेन्टर मार्फत रकम संकलन गरेको आरोपमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ७ घर भई हाल काठमाडौ. बस्ने २० वर्षिय मिलन थापा पक्राउ परेका हुन्।

कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार थापालाई भदौ २७ गते किर्तिपुर नगरपालिकामा पांगा क्षेत्र डेरा कोठाबाट गैर कानुनी रुपमा कल सेन्चर सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको हो।
थापालाई ३ हजार ७०० थान एनसेल सिम कार्ड, २३ थाप ल्यापटप र विभिन्न व्यक्तिहरुको नागरिकता २७ थान सहित पक्राउ गरिएको हो। हाल उनी माथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २९ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×