Technology Khabar २२ फाल्गुन २०७४, मंगलवार
काठमाडौं ।
काठमाडौं, २२ फागुन । सामसङले हालै बन्डलिङ्गअफर अन्तर्गत आफ्नो ग्यालेक्सी नोट ८ Galaxy Note8 स्मार्टफोनको खरिदमा ग्राहकहरुका लागि विभिन्न अफर सार्वजनिक गरेको छ ।
कम्पनीले नोट ८ किन्दा सामसङको बोटल स्पिकर, टुटफुट भएमा बीमाको सुविधा तथा एनसेलसँगको सहकार्यमा १६ जीबीको फोरजी डाटा सुविधा पनि उपलब्ध गराएको छ।
फोरजी डाटा प्रति महिना २ जिबिका दरले ८ महिनासम्म ग्राहकलाई निरन्तर प्राप्त हुने छ । साथै विभिन्न साझेदार बैंकहरुबाट सहज किस्ताबन्दीको सुविधा पनि मिलाइएको कम्पनीले जानकारी दिएको छ ।
प्रकाशित: २२ फाल्गुन २०७४, मंगलवार