
काठमाडौं ।
भोल्भोले बेल्जियम स्थित गेन्ट फ्याक्ट्रीमा हेभी ब्याट्री इलेक्ट्रिक ट्रकहरूको क्रमिक उत्पादन सुरु गर्ने भएको छ। गेन्ट फ्याक्ट्रीमा हेभी ब्याट्री इलेक्ट्रिक ट्रक उत्पादन सुरु गर्ने ट्रक निर्माताले बिहीबार एक विज्ञप्तिमा भनेको रोयटर्सले उल्लेख गरेको छ।
गेन्ट कारखाना लगभग ४५ हजार ट्रकको वार्षिक क्षमता भएको भोल्भो ट्रकहरूको लागि सबैभन्दा ठूलो उत्पादन साइट भएको कम्पनीले जानकारी दिएको छ।
प्लान्टमा कम्पनीको विभिन्न मोडेलहरू मध्ये तीन मोडेल भोल्भो एफएच, भोल्भो एफएम र भोल्भो एफएमएक्स इलेक्ट्रिक निर्माण हुनेछ।
गेन्ट भोल्भोको युरोपमा इलेक्ट्रिक ट्रक निर्माण गर्ने तेस्रो फ्याक्ट्री हुनेछ। कम्पनीको अमेरिकामा पनि एउटा इलेक्ट्रिक ट्रक निर्माण गर्ने फ्याक्ट्री छ।
प्रकाशित: २९ भाद्र २०८०, शुक्रबार