Technology Khabar १६ फाल्गुन २०७४, बुधबार
काठमाडौं ।
काठमाडौं, १६ फागुन । खल्ती डिजिटल वालेट मोबाइल एप्लिकेसनको एन्ड्रोयड एप डाउनलोड संख्या १ लाख नाघेको छ ।
खल्तीको ‘रिफर गर्नुहोस्, खल्ती भर्नुहोस्’ नामक अफर संचालनपछि सो एपको प्रयोगकर्ताहरुको संख्या बढेको कम्पनीले जानकारी दिएको छ । सो अफरअन्तरगत खल्ती एप प्रयोगकर्ताहरुले आफ्नो साथी वा आफन्तलाई खल्ती प्रयोग गर्न रिफर गरे बापत ५ हजार रुपैयाँसम्म प्राप्त गर्नसक्ने जानकारी दिईयो ।
सो एप आइओएस र वेव भर्सनमा पनि सकारात्मक प्रतिकृया पाएको कम्पनीको दाबी छ ।
खल्ती डिजिटल वालेटका प्रबन्ध निर्देशक मनीष मोदीले छोटो अवधिमा नै कम्पनीले राम्रो उपलब्धि हासिल गरेको बताए । ‘हामीले यो रेस्पोन्स खल्तीलाई अर्को लेभलमा लैजान र थप सेवा सुविधा र बैंकहरु खल्तीसँग आबद्ध गर्न उत्प्रेरक ठानेका छौं,’ उनले भने ।
सुविधाहरु
खल्ती एपको माध्यमबाट मोबाइल चार्ज गर्न, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिंग तथा अन्य सेवा प्रयोग गर्न सकिन्छ ।
हाल खल्तीको प्रयोगकर्ताहरु ३ लाख भन्दा बढि रहेको कम्पनीले जनाएको छ ।
तपार्इ पनि खल्ती एप प्रयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरेर गूगल प्ले स्टोरबाट डाउनलोड गर्नुहोस् ।
प्रकाशित: १६ फाल्गुन २०७४, बुधबार