उद्योग प्रतिष्ठानका प्राविधिकका लागि ईण्डष्ट्रियल अटोमेशन तालिमको आयोजना

Technology Khabar २४ भाद्र २०८०, आईतवार

काठमाडौं ।

उद्योग संगठन मोरङले वकर्स फरदर ट्रेनिङ अन्तर्गत यस क्षेत्रका विभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिकहरुको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको पच्चिस दिने ईण्डष्ट्रियल अटोमेशन तालिम सम्पन्न भएको छ।

तालिमको समापनमा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै संगठनका अध्यक्ष राकेश सुरानाले औद्योगिक विकासका लागि पूँजी, प्रविधिका साथ साथै श्रमिकको दक्षता विकास समानान्तर रुपमा हुनु पर्ने धारणा राखे।

परिवर्तित प्रविधिलाई आत्मसात गरी व्यवसायीक तालिमको माध्यमबाट श्रमिकको समयसापेक्ष दक्षता अभिवृद्धि गर्नसके उद्योगको उत्पादकत्व अभिवृद्धि हुने बताए। प्राविधिक क्षेत्रमा देखिएको दक्ष जनशक्तिको अभावलाई सम्वोधन गर्न संगठनले आगामी दिनमा थप उद्योगको आवश्यकताका आधारमा पाठ्यक्रम तयार गरी तालिम संचालन गर्ने बताए।

संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले पेशाकर्मीहरुको ज्ञान र सीप अभिवृद्धि गरी हाल गर्दै आएको कार्यलाई थप परिस्कृत रुपमा गर्न यस प्रकारको तालिम सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै प्राविधिक क्षेत्रमा कार्यरत श्रमिकको कार्यसम्पादन क्षमतामा सुधार ल्याउन अनुरोध गरे।

सैद्धान्तिक र प्रयोगात्मक गरी दुई शत्रमा विभाजित तालिम पच्चिस दिनसम्म संचालन भएको थियो। तालिममा डिजीटल पावर ईलेक्ट्रोनिक्स, प्रोसेस कन्ट्रोल, रिले कोआर्डिनेशन, पि.एल.सी, भि.एफ.डी, सेन्सर, सर्भो सिस्टम लगायतका विषय समेटिएको थियो।

त्यसैगरी संगठनले हेल्भेटास, इन्स्योर परियोजनाको सहकार्यमा आजदेखि पच्चिस दिने इन्स्ट्रुमेन्टेशन तालिम प्रारम्भ गरेको छ। उक्त तालिममा विभिन्न उद्योगका वीश जना प्राविधिकको सहभागिता रहेको छ भने आगामी दिनमा उद्योगको माग अनुरुप वोईलर अपरेटर, प्लाष्टिक ईन्जेक्शन मोल्डिङ अपरेटर तालिम आयोजना गर्ने तयारी भईरहेको संगठनले जनाएको छ।

प्रकाशित: २४ भाद्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया