चन्द्रयान ३ को ल्यान्डर र रोभर स्लीप मोडमा, दुई साता पछि उठ्ने

  • Technology Khabar | २२ भाद्र २०८०, शुक्रबार
चन्द्रयान ३ को ल्यान्डर र रोभर स्लीप मोडमा, दुई साता पछि उठ्ने

काठमाडौं ।

भारतको चन्द्रयान ३ चन्द्रमामा स्लीप मोडलमा राखिएको छ। चन्द्रमामा सुर्य अस्ताउन थालेपछि चन्द्रयानको ल्यान्डर र रोभरलाई सिल्प मोडमा राखिएको भारतको अन्तरिक्ष अनुसन्धान एजेन्सी इसरोले जनाएको छ।

तिनीहरूलाई ‘स्लीप मोड’ मा राखिएको छ र ‘सोलार इनर्जी समाप्त भएपछि र ब्याट्री सकिएपछि एक अर्काको छेउमा सुत्नेछन्’, इसरोले बताएको बीबीसीले उल्लेख गरेको छ।

‘२२ सेप्टेम्बरको आसपास’ पुन चन्द्रमा सुर्यको प्रकाश आउन थालेपछि ल्यान्डर र रोभर उठ्ने इसरोले विश्वास व्यक्त गरेको छ।

ल्यान्डर र रोभरलाई आफ्नो ब्याट्री चार्ज गर्न र काम गर्न सूर्यको प्रकाश आवश्यक पर्छ।

विक्रम ल्यान्डरमा रहेको प्रज्ञान नामक रोभर २३ अगस्तमा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण भएको थियो।

चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने भारत विश्वको पहिलो देश हो। रुस, अमेरिका र चीन पछि चन्द्रमामा सफलतापूर्वक अवतरण गर्ने भारत चौथो मुलुक बन्न सफल भएको छ।

इसरोले ल्यान्डर र रोभरको चाल र खोज तथा उनीहरूले खिचेका तस्बिरहरूबारे नियमित अपडेटहरू उपलब्ध गराउँदै आएको छ। सोमबार बिहानको आफ्नो पछिल्लो अपडेटमा, इसरोले विक्रमले ‘फेरि चन्द्रमामा सफ्ट ल्याण्ड गरेको’ बताएको छ।

प्रकाशित: २२ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार