
काठमाडौं ।
व्हाट्सएपको इमेल भेरिफीकेसन सुविधा पछिल्लो बिटामा फेरि देखिएकाे छ।
भर्खरको अप्डेटमा, संस्करण २.२३.१८.१९ को रूपमा गुगल प्ले बेटा प्राेग्राम मार्फत पहुँचयोग्य, प्रयोगकर्ताहरूको इमेल ठेगानाहरू प्रमाणित गर्नको लागि एक सुविधा विकास भइरहेको गिज्माेचाइनाले उल्लेख गरेकाे छ।
वाबेटा इन्फाेको अनुसार, यस बिटा संस्करणको स्क्रिनसटले डेभलपिङ इमेल भेरिफिकेसन स्क्रिनलाई प्रकट गर्छ। जबकि एग्ज्याक्ट फङ्सन अस्पष्ट छ। यो सुविधाले प्रयोगकर्ताहरूलाई उनीहरूको इमेल पुष्टि गरेर आफ्नो व्हाट्सएप खाताहरू पहुँच गर्न थप विधि प्रदान गर्न सक्ने अनुमान गरिएको छ ।
प्रयोगकर्ताले एसएमएस समस्याहरूको कारण लग इन गर्न नसकेमा वा आफ्नो फोन वा सिम कार्ड हराएमा वा यदि एसएमएस भरपर्दो नभएको क्षेत्रमा भएमा यो इमेल प्रमाणिकरणले मद्दत गर्न सक्ने उल्लेख छ। यद्यपि, यो अप्सनल छ। यदि प्रयोगकर्ताहरूले पहिले नै कुराकानी ब्याकअपका लागि आफ्ना गुगल खाता प्रयोग गरेमा वा टू-स्टेप प्रमाणिकरण भएमा इमेल स्वतः प्रमाणित हुन सक्ने बताइएकाे छ।
त्यस्तै , गोपनीयता कारणहरूका लागि, प्रगाेगकर्ताकाे इमेल ठेगाना ह्वाट्सएप सम्पर्कहरूमा नदेखाइने उल्लेख छ।
इमेल प्रमाणिकरण सुविधा, जुन बिटा चरण भित्र विकासमा छ, भविष्यमा एक स्टेबल अपडेटको रूपमा रोल आउट हुने अपेक्षा गरिएको छ। यसका साथसाथै, व्हाट्सएपले कलको समयमा आईपी ठेगानाहरू लुकाउने, मूल गुणस्तरको फोटो र भिडियो साझेदारीको परिचय दिने, र यसको पछिल्लो बिटा अपडेटमा कलिङ इन्टरफेस बढाउने जस्ता अन्य सुधारहरूमा सक्रिय रूपमा काम गरिरहेको बताइएकाे छ।
मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले गोपनीयतासँग सम्बन्धित सहित नवीन सुविधाहरूको श्रृंखला सक्रिय रूपमा प्रस्तुत गर्दै आएको छ। यी थपहरूले एपको सुरक्षालाई उल्लेखनीय रूपमा बढाएको उल्लेख छ।
प्रकाशित: १९ भाद्र २०८०, मंगलवार