Technology Khabar १७ भाद्र २०८०, आईतवार
काठमाडौं ।
डेल, एचपीलगायत अन्य ३२ कम्पनीहरूले भारतमा स्थानीयरूपमा ल्यापटप उत्पादन गर्न आवेदन दिएका छन्। भर्खरैको घोषणा अनुसार, कम्तिमा ३२ अन्तर्राष्ट्रिय इलेक्ट्रोनिक्स कम्पनीहरूले भारतमा ल्यापटप उत्पादन गर्न भारतको प्रोत्साहन कार्यक्रममा आवेदन दिएका हुन्।
भारतमा विश्वको ल्यापटप कारखानामा बढ्दै गर्दा यस कदमले २४.३ अर्ब भारतीय रुपैयाँ (लगभग २९४.२४ मिलियन डलर) को वृद्धिशील लगानी आकर्षित गर्ने तथा ७५,००० प्रत्यक्ष रोजगारी सृजना हुने गिज्मोचाइनाले उल्लेख गरेको छ।
“मेक इन इन्डिया” कार्यक्रम मार्फत भारत सरकारले कम्पनीहरूलाई डिजाइन गर्न, निर्माण गर्न र उनीहरूका उत्पादनहरू भारत भित्रै एसेम्बल गराउन प्रोत्साहित गर्न सुरु गरेको हो। यस कार्यक्रमले विशेष गरी उत्पादन क्षेत्रमा लगानी आकर्षित गर्ने लक्ष्य राखेको बताइएको छ। सेप्टेम्बर २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा सुरु गरिएको, कार्यक्रम पहल मुख्यरूपमा स्मार्टफोन र अन्य इलेक्ट्रोनिक उत्पादनहरूमा केन्द्रित रहेको उल्लेख छ।
यस महिनाको सुरुमा, भारत सरकारले ल्यापटप, ट्याब्लेट र व्यक्तिगत कम्प्युटरहरूको आयातको लागि नयाँ इजाजतपत्र आवश्यकताहरू घोषणा गरेको छ। टेक कम्पनीहरू पहिले नै भारतमा उत्पादन गर्न उत्सुक थिए।प्रारम्भिक रिपोर्टहरूका अनुसार, विश्वका ३२ ठूला ल्यापटप उत्पादकहरूले स्थानीय उत्पादन प्रोत्साहनको फाइदा लिन आवेदन दिएका हुन्।
भारतमा प्रविधिको उत्पादन दिनानुदिन बढिरहेको छ। स्मार्टफोन उत्पादन भारतमा ८ वर्षमा १४ गुणा बढेको छ। उत्पादकहरूको यो सूचीमा डेल, असुस, एचपी , र लेनेभो जस्ता प्रमुख ब्रान्डहरू समावेश रहेका उल्लेख छ।
प्रकाशित: १७ भाद्र २०८०, आईतवार