
काठमाडौं ।
नेपालमा चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा १० हजार यूनिट भन्दा बढी सिम कार्ड आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आवको साउनमा १ लाख १८ हजार रुपैयाँ बराबरको १० हजार ४६ यूनिट सिम कार्ड आयात भएको छ।
सिम कार्ड आयातबाट सरकारले २२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।
भन्सार विभागको तथ्यांक अनुसार सिम कार्ड मेक्सिको, मलेसिया र यूएईबाट आउने गरेको देखिन्छ।
९९ प्रतिशतभन्दा धेरै सिम कार्ड मेक्सिकोबाट नेपाल आएको छ। मेक्सिकोबाट ७५ हजार रुपैयाँ बराबरको १० हजार यूनिट सिम कार्ड आउको छ।
यूएईबाट ३७ हजार रुपैयाँको २६ यूनिट सिम कार्ड आएको देखिन्छ।
मलेसियाबाट ६ हजार रुपैयाँको २० यूनिट सिम कार्ड भित्रिएको छ।
प्रकाशित: १५ भाद्र २०८०, शुक्रबार