
काठमाडौं ।
च्याटजीपीटीको अर्को प्रतिद्वन्द्वी बाहिर आएको छ। बाईदूले एर्नी (ईआरएनआईई) बोट आफ्नो जेनेरेटिभ एआई उत्पादन र ठूलो भाषा मोडेल सामान्यतया विभिन्न एप स्टोरहरू र कम्पनीको वेबसाइट मार्फत जनताका लागि उपलब्ध गराएको छ। एर्नी (इनह्यान्स रिप्रेजेन्टेसन थ्रु नलेज इन्ट्रिग्रेसन)का साथ कम्पनीले एआई एपको एक श्रृंखला जारी गर्ने योजना बनाइरहेको छ। जसले मानिसहरूलाई ‘जनरेटिभ एआईका चार मुख्य क्षमताहरूः अन्डरस्ट्याडिङ, जेनेरेसन, रिजनिङ र मेमोरीको पूर्ण रूपमा अनुभव गर्न अनुमति दिनेछ।’
सीईओ रोबिन लीका अनुसार एर्नी बोट (जसलाई चिनियाँ बजारमा केन्द्रित गरिएको छ) लाई जनताका लागि खुल्ला गरेपछि बाईदूलाई धेरै भन्दा धेरै मानवीय प्रतिक्रिया प्राप्त गर्न सक्षम बनाउँछ। यसबाट एर्नी बोटमा थप छिटो दोहोर्याउन र प्रयोगकर्ता अनुभव सुधार गर्न मद्दत मिल्ने कम्पनीले विश्वास व्यक्त गरेको छ।
एउटा साइन्स–फिक्सन उपन्यासको सारांश दिने र विस्तारित ब्रह्माण्डमा कथालाई कसरी जारी राख्ने भन्ने बारे सुझावहरू प्रदान गर्ने जस्ता क्षमताहरू प्रदर्शन गर्दै बाईदूले गत मार्चमा च्याटबटको घोषणा गरेको थियो। यसले टेक्स्ट इनपुटमा आधारित इमेज र भिडियोहरु पनि उत्पन्न गर्न सक्ने इनग्याजेडले उल्लेख गरेको छ।
यस महिनाको सुरुमा, बाईदूले भनेको थियो कि एर्नी बोटको प्रशिक्षण थ्रूपुट मार्च देखि तीन गुणा बढेको छ र यो अब डाटा विश्लेषण र भिजुअलाइजेसन, छिटो परिणामहरू उत्पादन गर्न र इमेज इनपुटहरू ह्यान्डल गर्न सक्षम छ।
१५ अगष्टसम्म चिनियाँ कम्पनीहरूले जनरेटिभ एआई अनुभवहरू सार्वजनिक गर्नु अघि अधिकारीहरूबाट स्वीकृति प्राप्त गर्न आवश्यक छ, र ब्लूमबर्गका अनुसार यस्तो अनुमति प्राप्त गर्ने पहिलो कम्पनीमध्ये बाईदू एक थियो।
प्रकाशित: १४ भाद्र २०८०, बिहीबार