ताजा समाचार

बिगमार्टमा तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत सम्म छुट पुनःसुरु

बिगमार्टमा तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत सम्म छुट पुनःसुरु
Global IME Bank

स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य गरेको छ। जसअन्तर्गत बिगमार्टमा फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानीमा पुनः छुट दिने भएको छ। उक्त छुट अफर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने छन्।

यस छुट अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा हरेक बुधबार र शनिबार छुट प्राप्त गर्न सक्ने छन्। स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्था, वालेट तथा विभिन्न सहकारीका एप मार्फत ग्राहकहरुले बिग मार्ट को सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने छन्।

साथै स्मार्ट क्युआर र नेपाल पे क्युआर को अन्तर आबद्धता सुरु भएसंगै नेपाल पेमा आबद्ध भै स्मार्ट क्युआर मा भुक्तानी गर्न सुरु गरेका विभिन्न बैंक तथा वालेटहरुले पनि छुट प्राप्त गर्न सक्ने छन्।

Sajilo Visa
easy care