सुदूरपश्चिम विश्वविद्यालयको बीएससी एग्रीकल्चरमा स्नातक तह प्रवेश परीक्षाको अनलाइन आवेदन खुल्यो

  • Technology Khabar | १० भाद्र २०८०, आईतवार
सुदूरपश्चिम विश्वविद्यालयको बीएससी एग्रीकल्चरमा स्नातक तह प्रवेश परीक्षाको अनलाइन आवेदन खुल्यो

काठमाडौं ।

सुदूरपश्चिम विश्वविद्यालय “बीएससी एग्रीकल्चर” स्नातक तहको प्रवेश परीक्षाको लागि अनलाइन आवेदन फाराम भर्न सूचना जारी गरेको छ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, डीनको कार्यालयले  २०८०/०८१ वर्षका लागि कृषि विज्ञान संकाय अर्न्तगतको स्कुल अफ एग्रिकल्चरमा स्नातक तहकाे प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम भर्ने सम्बन्धि सूचना प्रकाशन गरेको हो।

सूचनाअनुसार, सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अर्न्तगतको स्कुल अफ एग्रिकल्चरमा “बीएससी एग्रीकल्चर” कार्यक्रमको शैक्षिक सत्र २०८०/०८१ (सन् २०२३) मा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा (इन्ट्रान्स एग्जाम ) संचालन गरिने छ।

इच्छुक विद्यार्थीले भदौ १० गतेदेखि अनलाइन प्रवेश आवेदन फाराम भर्न सक्ने छन्। अनलाइन प्रवेश आवेदन फाराम भर्ने अन्तिम मिति भने असोज ५ गते तोकिएको छ।

तोकिएको समयमा आवेदन नदिएका विद्यार्थीले भने अन्तिम मिति असोज १२ गतेसम्ममा बिलम्ब शूल्कसहित आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

प्रवेश परिक्षा असोज २० गते सनिबार विहान ११ बजे सन्चालन हुने र नतिजा प्रकाशन असोज २० गते हुने छ।

विस्तृत जानकारीका लागि www.agricuture.fwu.edu.np मा हेर्न सकिने र प्रवेश परीक्षाको आवेदन दिन सकिनेछ।

प्रकाशित: १० भाद्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार