आइएमई पेले ल्यायो ‘विकेट टु विन’ नामक अफर

  • Technology Khabar | ८ भाद्र २०८०, शुक्रबार
आइएमई पेले ल्यायो ‘विकेट टु विन’ नामक अफर

काठमाडौं ।

डिजिटल वालेट “आइएमई पेले” एसिया कप  क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसीयाली मनाउँदै “विकेट टु विन-Wicket to Win” अफर सार्वजनिक गरेको छ।

यही भदौ ८ देखि भदौ १२ सम्म, ५ दिन चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा “ASIACUP” प्रोमो कोडको प्रयोग गरी रु १५० सम्म छुट प्राप्त गर्न सक्नेछन्।

साथै यस अफरमा सहभागी हुनुहुने ग्राहक मध्ये भाग्यशाली एक जनाले डिशहोमको फाइबर नेटको एक वर्षको  निशुल्क सब्सक्रिप्सन पनि जित्न सक्ने बताईएको छ।

यो अफरले क्रिकेट प्रेमी दर्शकको उत्साहलाई थप उर्जा प्रदान गर्ने विश्वास लिएको आइएमई पे का सीइओ प्रवीण रेग्मीले बताए।

प्रकाशित: ८ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार