‘नेसनल आईसीटी स्कलरसिप–२०८०’ को लागि आवेदन खुल्ला

  • Technology Khabar | ८ भाद्र २०८०, शुक्रबार
‘नेसनल आईसीटी स्कलरसिप–२०८०’ को लागि आवेदन खुल्ला

काठमाडौं ।

कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षा तर्फ विगत चार बर्षदेखि प्रदान गर्दै आईरहेको छात्रवृत्तिको ‘नेसनल आईसीटी स्कलरसिप- २०८०’ को लागि आवेदन खुल्ला गरेको छ।

उक्त छात्रवृति सूचना प्रविधि विषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा शुरु गरिएको हो। यो छात्रवृति मार्फत यस बर्ष पनि ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पुर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको जानकारी दिएको छ।

नेसनल आईसीटी स्कलरसिप-२०८०’ मा देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी सात प्रदेशबाट १/१ जना छात्रा लाई पूर्ण छात्रबृति र बाँकी सम्पूर्ण प्रदेशबाट ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने छ। विगत चार वर्षदेखि सञ्चालित यस छात्रवृत्ति कार्यक्रम अन्तरगत हालसम्म ११० जना विद्यार्थीहरु अध्ययनरत छन् ।

यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई छात्रबृति प्रदान गरिनेछ।

क्यान महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन कलेजविच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन्।

छात्रवृति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटी अफ टेक्नोलाजी एण्ड इनोभेसनको सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत वि.एस.सी.आईटी (BSc. IT) को अध्ययन गर्न पाउने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो।

नेपाल सरकारवाट मान्यताप्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सो सरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तिमा ५० प्रतिशत अंक ल्याएका विद्यार्थीहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन।

छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले केन्द्रिय स्तरमा निवर्तमान अध्यक्ष नवराज कुँवरको संयोजकत्वमा सचिवद्वय शेखर दुलाल, ठाकुर कुमार श्रेष्ठ, भुपाल दास श्रेष्ठ, नारायण प्रसाद श्रेष्ठ तथा केन्द्रिय सदस्यद्वय राजु कट्टेल र सरिता न्यौपाने रहेको छात्रवृत्ति छनोट समिति गठन गरेको छ।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट www.can.org.np र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट www.lbef.orghttp://www.lbef.org मार्फत २०८० साल भदौ २० गतेभित्र आवेदन दिनुपर्नेछ।

आवेदन दिँदा कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपि साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्नेछ।

यस छात्रवृत्ति मार्फत देशका दुर्गम क्षेत्रका विपन्न वर्गका विद्यार्थीहरुले पनि सुचना तथा संचार प्रविधिको क्षेत्रलाई आफ्नो पेशा/ब्यबसाय बनाउन मद्दत पुग्ने र कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुग्ने क्यान महासंघका अध्यक्ष रणजित कुमार पोदारले व्यक्त गरे।

प्रकाशित: ८ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार