जिमेल प्रयोगकर्ताले अब इमोजीको साथ इमेलको जवाफ दिन सक्ने

  • Technology Khabar | ९ भाद्र २०८०, शनिबार
जिमेल प्रयोगकर्ताले अब इमोजीको साथ इमेलको जवाफ दिन सक्ने

काठमाडौं ।

गुगलको जिमेल प्रयोगकर्ताले अब इमोजीको साथ इमेलको जवाफ दिन सक्ने भएका छन्। जिमेलमा चाँडै नै इमोजी प्रतिक्रियाको साथ प्रतिक्रिया दिन अनुमति दिने उक्त नयाँ सुविधा थपिने भएको हो।

द टेप ड्राइभ विथ स्टीव मोजरकाअनुसार, आईओएस जीमेल एपमा लुकेको कोडले इमोजी प्रतिक्रिया बटन इमेलमा फेला पर्नेछ। एक पटक बटन ट्याप गरेपछि, प्रयोगकर्ताले इमोजी प्रतिक्रियाहरूको चयन देख्नेछन्, जुन प्रयोगकर्ताले रोज्न सक्ने बताइएको छ।

इमोजीको प्रयोगले कसैलाई पनि प्रतिक्रिया दिन समय नलाग्ने तथा मेहेनत नलगाई इमेलमा उचित प्रतिक्रिया दिन मद्दत गर्नेछ। साथी, परिवारका सदस्य, वा सहकर्मी लगायतसँग इमेल कन्भरसेसनका क्रममा भावनाहरू व्यक्त गर्न इमोजी प्रतिक्रियामार्फत समय बचत गर्न सकिने छ।

यद्दपी, आईओएस तथा एन्ड्रोइड जिमेल प्रयोगकर्ताहरूले यो सुविधा एकै समयमा प्राप्त गर्नेछन् वा छैनन् भन्ने कुरा भने स्पष्ट छैन।

प्रकाशित: ९ भाद्र २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार