
काठमाडौं ।
बाग्लुङ जिल्ला तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारमा आवश्यक कार्य गरी नेपाल टेलिकमको मोबाइल सेवाको कभरेज तथा गुणस्तर बढाइएको छ।
यसका लागि करिब ४ किलोमिटर फाइaर बोङ्गादोभान बीटीएसबाट बजार सम्म जडान गरी बजारमै थ्रीजीको, एन्टेना/आरआरयु सिस्टम राखी सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जानकारी दिएको छ।
यस पश्चात सो बजार तथा गाउँपालिका केन्द्र क्षेत्रको मोबाइल सेवामा सन्तोषजनक सुधार भएको छ। यसबाट सो क्षेत्रका करिव ६० घरधुरी लाभान्वित भएका छन् ।
कम्पनीको सेवा बारेमा यो भन्दा पहिले आउने गुनासाहरुसमेत यसबाट सम्बोधन भएको जनाईएको छ।
प्रकाशित: ६ भाद्र २०८०, बुधबार