
काठमाडौं ।
फोल्डेबल स्मार्टफोनले चीनको स्मार्टफोन बजारमा गति लिन थालेको छ। सीआईएनएनओ रिसर्च डाटा रिपोर्टअनुसार फोल्डेबल स्मार्टफोनको बजार हिस्सा (मार्केट सेयर) वार्षिक दरको आधारमा ७२ प्रतिशतले बढेको उल्लेख गरिएको छ।
समग्र स्मार्टफोनको बिक्री लगातार एघार त्रैमासिकमा घटेको बेला फोल्डेबल बिक्रीमा सकारात्मक प्रवृत्ति देखिएको हो।
तथ्यांकअनुसार ह्वावेको पछिल्लो फोल्डेबल लन्चले गर्दा कम्पनीले बिक्री सूचीमा पहिलो स्थान सुरक्षित गरेको छ। ह्वावे मेट एक्स३ को एक्साइटिङ्ग डिजाइन र स्पेसिफिकेसन्स्ले २०२३ दोस्रो त्रैमासमा ठोस बिक्रीको नेतृत्व गरेको जनाइएको छ। साथै अनबोर्ड सफ्टवेयरले फोल्डेबल स्मार्टफोनलाई अधिकतम बिक्री गर्न सक्षम बनाएको उल्लेख गरिएको छ।
त्यसैगरी, ओप्पोले दोस्रो स्थान हासिल गर्न सफल भएको छ भने सामसङ तेस्रो स्थानमा रहेको उल्लेख छ। सामसङको बिक्री धेरैजसो अघिल्लो वर्षको फोल्डेबलमा भर परेको थियो (फोल्डेबल अर्थात् फोल्ड ४ र फ्लिप ४ लाई भर्खरै नयाँ फोल्डेबलहरूको रुपमा प्रस्तुत गरिएको थियो)।
त्यस्को साथै, चिनियाँ बजारमा भिभो, अनर र शाओमी २०२३ को पहिलो ६ महिनामा बिक्रीको हिसाबले क्रमशः चौथो, पाँचौं र छैठौं स्थानमा छ रहेका छन्।
सबै ओईएमहरू मध्ये, ह्वावेले समग्र फोल्डेबल बजार हिस्साको आधा सुरक्षित गर्न सफल भएको छ। यसैबीच, सामसङले समग्र बजार हिस्साको ४० प्रतिशत ओगटेको उल्लेख छ। साथै हालका महिनाहरूमा राम्रो बिक्रीको साथ अन्य निर्माताहरूको सेयर पनि बढ्ने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
फ्लिप फोन वा फोल्ड फोन
होरिजन्टल फ्लिप अर्थात फोल्ड–फर्म फ्याक्टरले यसको ठूलो डिस्प्लेको कारणले थप खरीदकर्ताहरूलाई आकर्षित गरिरहेको उल्लेख छ। फोल्ड–फर्म कारकले बिक्रीमा ५५ प्रतिशत योगदान पुर्याएको भनी प्रतिवेदनले संकेत गरेको छ। यस फर्म कारकमा, ह्वावेले पहिलो स्थान प्राप्त गर्न सफल भएको छ भने त्यसपछि समसङ र अनर लगातार दोस्रो र तेस्रो स्थानमा रहेको छन्।
यद्यपि, भर्टिकल डिस्प्ले अर्थात फ्लिप फर्म कारकले पनि अब बिस्तारै बजार समात्दै गरेको जनाइएको छ।
प्रकाशित: ७ भाद्र २०८०, बिहीबार