नाम्चे बजारमा नेपाल टेलिकमको एफटीटीएच सेवा

  • Technology Khabar | ४ भाद्र २०८०, सोमबार
नाम्चे बजारमा नेपाल टेलिकमको एफटीटीएच सेवा

काठमाडौं ।

देशकै उच्च आवादी मध्ये एक सोलुखुम्बुको नाम्चे बजारमा सञ्चालनमा रहेका ल्यान्डलाइन टेलिफोन सेवालाई रुपान्तरण गरी फाइबरमार्फत वितरण गर्ने कार्यको सुरुवात भएको छ।

कम्पनीद्वारा कपरमार्फत वितरित सम्पूर्ण लाइनलाई फाइबरमा रुपान्तरण गर्ने नीति अनुरुप गत साउन १७ गतेदेखि सो क्षेत्रमा यो सेवा उपलब्ध गराइएको जनाएको छ।

हाल एउटा एफडीसीमार्फत सेवा उपलब्ध गराइएको नाम्चे बजारमा ५१२ ग्रााहकलाई सो सेवा उपलब्ध गराउन सकिने छ।

पहिले महंगो मूल्यमा इन्टरनेट चलाइरहेका सेवाग्राही अब यसबाट लाभान्वित हुने बताईएको छ।

प्रकाशित: ४ भाद्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार