कक्षा १२ को परीक्षाफल प्रकाशित, यसरी हेर्नुहोस् नेपाल टेलिकममार्फत

  • Technology Khabar | ३० श्रावण २०८०, मंगलवार
कक्षा १२ को परीक्षाफल प्रकाशित, यसरी हेर्नुहोस् नेपाल टेलिकममार्फत

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले २०८० सालको कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ।

बोर्डले आज (मंगलबार) कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको हो।

यसैबीच नेपाल टेलिकमले कक्षा १२ को परीक्षाफल आफ्ना विभिन्न सेवाहरुमार्फत हेर्न सकिने सूचना मार्फत जानकारी दिएको छ।

टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ।

टेलिकमले एसएमएस र यूएसएसडीका लागि १६०० र आईभीआर सेवाका लागि १६०१ मार्फत आफ्नो परीक्षाफल हेर्न सकिने जानकारी दिएको छ।

प्रकाशित: ३० श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार