
काठमाडौं ।
रूसको लामो समयदेखि ढिलाइ भएको रोबोटिक लुना-२५ मिसन ११ अगष्टमा हुने निर्धारित प्रक्षेपण अघि लन्च साइटमा रहेको सरकारी मिडिया टीएएसएमले रिपोर्ट गरेको छ।
लुना-२५ ल्यान्डरलाई चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्याडिङ गर्न डिजाइन गरिएको थियो किनकि विश्वका प्रमुख अन्तरिक्ष खेलाडीहरूले आफ्नो ध्यान दक्षिणी ध्रब क्षेत्रमा बर्फको खननमा केन्द्रित गरिरहेका छन्। जसमा पानी, अक्सिजन र रकेट प्रोपेलेन्टमा रूपान्तरण गर्न सकिन्छ।
लुना-२५ सन् १९७६ पछि रूसको पहिलो चन्द्रमा ल्यान्डर हो र यसले पूर्वी रूसको भोस्टोचनी कोस्मोड्रोममा सोयुज २.१ ए रकेटको माथि प्रक्षेपण गर्नेछ।
यसका लागि सर्वप्रथम रुसी अधिकारीहरूले सोयुज रकेटको उडान मार्ग मुनिको सम्पूर्ण सहरलाई अस्थायी रूपमा विस्थापित गर्नुपर्छ, किनकि यसको बूस्टरहरू बस्तीमा दुर्घटनाग्रस्त हुने खतरा छ।
१९७६ पछि रुसको पहिलो चन्द्रमा ल्याण्डर
लुना-२५ ल्यान्डरको निर्माता रूसी एयरोस्पेस कम्पनी एनपीओ लाभोचकिनाले ‘लुना-२५ अन्तरिक्ष यानको निर्माणमा काम पूरा भएको’ एक विज्ञप्तिमा घोषणा गरेको छ।
‘यो यन्त्र दक्षिण ध्रुव क्षेत्रमा चन्द्रमाको सतहमा सफ्ट ल्याण्डिङ गर्ने र अवतरण साइटमा बरफको उपस्थितिको लागि चन्द्रमाको माटोको सम्पर्क अध्ययन गर्ने संसारमा पहिलो हुने योजना छ,’ विज्ञप्तिमा थपिएको छ।
युरोपेली अन्तरिक्ष एजेन्सीले लुना-२५ मा पाइलट-डी नामक नेभिगेसन क्यामेरा परीक्षण गर्ने योजना बनाएको थियो, तर गत वर्ष रूसले युक्रेनमा आक्रमण गरेपछि यसले परियोजनामा आफ्नो संलग्नता रद्द गरेको थियो।
लुना-२५ आधुनिक रूसी इतिहासमा पहिलो घरेलु रूपमा निर्मित लुनर प्रोब भएको टीएएसएस्ले रिपोट गरेको छ।
एनपीओ लाभोचकिनाको विज्ञप्तिमा थपिएको छ, लुनर ल्यान्डरले ‘पूर्ण रूपमा रूसी तत्व आधार र अन्तरिक्ष उपकरणको क्षेत्रमा नवीनतम उपलब्धिहरू’ प्रयोग गर्दछ।
विज्ञप्तिमा यो पनि बताइएको छ कि मिसनको मुख्य लक्ष्य ‘सर्कपोलर क्षेत्रमा सफ्ट ल्यान्डिङको लागि आधारभूत प्रविधिहरू विकास गर्नु र चन्द्रमाको दक्षिणी ध्रुवको सम्पर्क अध्ययनहरू सञ्चालन गर्नु हो।’
लगभग पृथ्वीको एक वर्षको लागि ल्यान्डरले यसको अवतरण क्षेत्रको वरिपरि माथिल्लो सतहको तह, साथै चन्द्रमाको बाह्यामन्डलको पनि अध्ययन गर्नेछ।
मिशनले अवतरण र माटो नमूना प्रविधिहरू विकास गर्न मद्दत गर्ने लक्ष्य राखेको छ।
रुसको सरकारले लुना-२५ को प्रक्षेपण अघि ११ अगष्टमा सम्पूर्ण शाख्तिन्स्की सहर खाली गर्ने छ, रोयटर्सको रिपोर्टले खुलासा गरेको छ।
प्रक्षेपण स्थलको दक्षिणपूर्वमा रहेको रुसको खाबारोभस्क क्षेत्रमा रहेको सहरलाई बिहान सबेरै खाली गरिनेछ किनभने यो सोयुज रकेटको बूस्टरहरू अन्तरिक्ष यानबाट अलग भएपछि खस्ने अनुमान गरिएको क्षेत्रमा अवस्थित छ।
बासिन्दाहरूलाई स्थानिय समय अनुसार बिहान ७ः३० बजे तिनीहरूको घरबाट बाहिर निकालिनेछ जहाँ उनीहरूले प्रक्षेपण हेर्न र निःशुल्क नास्ता गर्न सक्ने ठाउँमा लगिनेछ।
स्थानीयहरु साढे तीन घण्टा भित्र घर फर्कन सक्षम हुनेछन् र एक स्थानीय रूसी अधिकारीलाई उद्धृत गर्दै लेखिएको छ, ‘लाखमा एक मौका छ’ कुनै पनि रकेट मलबेले वास्तवमा सहरलाई असर गर्ने।
प्रकाशित: २५ श्रावण २०८०, बिहीबार