नाबालिकाको अनुहारसँग अश्लील फोटो तथा भिडियो जोड्ने दुई युवा पक्राउ

  • Technology Khabar | २४ श्रावण २०८०, बुधबार
नाबालिकाको अनुहारसँग अश्लील फोटो तथा भिडियो जोड्ने दुई युवा पक्राउ

काठमाडौं ।

नाबालिकाको अनुहारसँग अश्लील फोटो तथा भिडियो जोड्ने दुई युवा पक्राउ परेका छन्। नाबालिकाको अनुहारसँग अन्य व्यक्तिको अश्लील फोटो र भिडियो जोडेर समाजिक सञ्जालमा प्रकाशित गरेको आरोपमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका वडा नं. ९ का १९ वर्षिय समिर तामाङ र सुरेश तामाङ पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प्रवक्ता पशुपति कुमार रायले जानकारी दिए।

सामाजिक सञ्जाल फेसबुक कुराकानी हुने क्रममा नाबालिकासँग प्रेम सम्बन्धको बहाना बनाई अनलाइन अडियो र भिडियो कलको माध्यमद्वारा मानसिक तनाव दिन थालेका थिए। मानसिक तनाबबाट बच्न नाबालिकाले उक्त व्यक्तिको प्रोफाइल ब्लक गरेकी थिए, प्रहरीले बताएको छ।

प्रोफाइल ब्लक पश्चात् सम्पर्क बिहिन भएपछि पीडकले अन्य अपरिचित व्यक्तिको अश्लील फोटो र भिडियोमा पीडित नाबालिकाको अनुहार जोडी सामाजिक सञ्जालमा प्रकाशन तथा प्रदर्शन गरी दुःख हैरानी दिएकोले कानुन बमोजिम कारवाहीका लागि अभिवावक सहित ब्यूरोमा निवेदन दिइएको थियो।

प्राप्त निवेदन माथिको प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट समिर तामाङ र सुरेश तामाङलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा साउन २३ गते जिल्ला सिन्धुपालचोकबाट पक्राउ गरिएको छ। काठमाडौं जिल्ला अदालतको आदेशले दुवैजनालाई दिन पाँच÷पाँच म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २४ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei’s digital literacy initiative highlighted as key to closing global digital divide

  • Technology Khabar
  • २४ श्रावण २०८०, बुधबार