ताजा समाचार

रामेछापमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

रामेछापमा राष्ट्रिय परिचयपत्र वितरण सुरु
Global IME Bank

जिल्ला प्रशासन कार्यालय रामेछापले तीन बर्षपछि राष्ट्रिय परिचयपत्र बितरण गर्न सुरु गरेको छ। तीन वर्षअघिदेखि राष्ट्रिय परिचयपत्रका लागि व्यक्तिगत विवरण सङ्कलन गरेको सो कार्यालयले साउन १० देखि राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो।

राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका दुई हजार ५८७ जनाको परिचयपत्र बनेर आएको जिल्ला प्रशासनका कम्प्युटर अपरेटर कुमार श्रेष्ठले बताए। उनका अनुसार कार्यालयबाट परिचयपत्रका लागि आवेदन दिएका र परिचयपत्र तयार भइसकेका सेवाग्राहीको मोबाइलमा सन्देश पठाएर जानकारी दिने व्यवस्था मिलाइएको छ।

रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाले जिल्ला प्रशासनले सुरुवाती चरणमा आबेदन दिएका नागरिकको परिचयपत्र वितरण गरिरहेको भन्दै परिचयपत्र लिन सम्बन्धित व्यक्ति नै विवरण संकलनका बेला कार्यालयबाट दिइएको विवरण प्रतिलिपि लिएर उपस्थित हुनुपर्ने बताए। गोरखापत्रबाट

Sajilo Visa
easy care