
काठमाडौं ।
काठमाडौं, ९ माघ। आइएमई रेमिटेन्सले व्यवसायीक साझेदाहरुलाई १० दिने युएई भ्रमण गराएको छ । गत आर्थिक वर्षका पछिल्ला ६ महिनामा व्यवसायीक साझेदारहरुले गरेको रेमिटेन्स कारोवारका आधारमा आइएमई लिमिटेडले व्यवसायीक साझेदारहरुलाई युएईको भ्रमण गराएको हो ।
कम्पनीले बजार एवम् व्यवसायको आकार र भौगोलिक अवस्थितीको आधारमा व्यवसायीक साझेदारहरुलाई निश्चित लक्ष्य तोकी विभिन्न समुहमा बर्गिकरण गरिएको थियो । यो मुल्यांकन अवधिमा उत्कृष्ट कारोबार गरी लक्ष्य प्राप्त गर्न सफल प्रत्येक समुहबाट एक/एक गरी कुल १० जनालाई युएई भ्रमणको अवसर उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
त्यस्तै, गत मंसिरमा कम्पनीले १० जना व्यवसायीक साझेदारहरुलाई रारा तालको भ्रमण गराएको थियो । ८ दिवसीय भ्रमणमा आर्थिक वर्ष २०७३/७४ मा दिइएको व्यवसायीक साझेदार मूखि ब्यापार प्रवद्र्घनात्मक कार्यक्रम अन्तर्गत व्यवसायीक साझेदारहरुलाई छनोट गरिएको कम्पनीले जनाएको छ।
प्रकाशित: ९ माघ २०७४, मंगलवार