साइबर सुरक्षा विनियमावली संशोधन गर्दै प्राधिकरण, सरोकारवालासँग राय, सुझाव माग

  • Technology Khabar | १७ श्रावण २०८०, बुधबार
साइबर सुरक्षा विनियमावली संशोधन गर्दै प्राधिकरण, सरोकारवालासँग राय, सुझाव माग

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षा विनियमावली २०७७ संशोधन गर्ने तयारी अघि बढाएको छ। साइबर सुरक्षा विनियमावली संशोधन गर्न प्राधिकरणले सरोकारवालहरुसँग राय, सल्लह, सुझाव माग गरेको छ।

प्राधिकरणले सम्बन्धित सबै सरोकारवालहरु लगायत विनियमावलीका व्यवस्थाहरु पलना गर्ने सन्दर्भमा दूरसञ्चार सेवा प्रदायकहरुका कुनै समस्याहरु र विनियमावली संशोधन गर्नु पर्ने विषयहरु भए जानकारी उपलब्ध गराउनका लागि साउन १७ गते बुधबार सूचना जारी गरेको छ। सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र बुँदागत रुपमा र संशोधन गर्नु पर्ने कारण पुष्ट्याई सहित लिखित रुपमा राय, सल्लाह, सुझाव उपलब्ध गराउन प्राधिकरणले अनुरोध गरेको छ।

सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षाका लागि आवश्यक पर्ने उत्कृष्ट अभ्यास कार्यान्वयन गर्न प्राधिकरणले अग्रसरता बढाएको हो। आईसीटी पूर्वाधार र सूचना प्रणालीमा विभिनन साइबर आक्रमण तथा जोखिमबाट बचाउनका साथै सूचना तथा सञ्चार प्रविधिका सेवाहरु प्रयोग गर्ने सेवाग्राहीहरुमा विश्वसनियता कायम राख्न प्राधिकरणले साइबर सुरक्षा विनियमावली संशोधन गर्न खोजेको छ।

np_CyberSecurityBylawFeedbackCollectionNoticeNepali

प्रकाशित: १७ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार