
काठमाडौं ।
बेलायतको क्लाउड सेवा बजारको नियन्त्रणलाई सीमित गर्ने योजनामाथि माइक्रोसफ्ट र अमेजनले कडा प्रतिकृया दिएका छन्।
माइक्रोसफ्ट र अमेजनले क्लाउड कम्प्युटिङ बजारमा आफ्नो नियन्त्रणलाई खुकुलो पार्ने कदमले बेलायतमा उनीहरूको लगानीलाई खतरामा पार्न सक्ने चेतावनी दिएका छन्।
द टेलिग्राफले रिपोर्ट गरेअनुसार तिनीहरूको चेतावनी नियामक अफकमले क्लाउड सेवा बजारलाई प्रतिस्पर्धा र बजार प्राधिकरण (सीएमए) लाई थप अनुसन्धानको लागि सन्दर्भ गर्ने प्रस्ताव गरेपछि आएको हो।
प्रकाशित: १७ श्रावण २०८०, बुधबार