प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको विज्ञमा क्यान महासंघका महासचिव अधिकारी मनोनयन

  • Technology Khabar | १५ श्रावण २०८०, सोमबार
प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको विज्ञमा क्यान महासंघका महासचिव अधिकारी मनोनयन

काठमाडौं ।

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीलाई विज्ञका रूपमा मनोनयन गरेको छ ।

संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको कार्यालययले रचना दर्ता अन्तर्गत सफ्टवेयर प्रणालीको दर्ताका सम्बन्धमा पेश भएका कागजात लगायतको अध्ययनका तथा प्रमाणीकरणका लागि अधिकारीलाई विज्ञमा मनोनयन गरेको हो।

सफ्टवेयरका सोर्सकोड, आइडिया, प्रडक्ट लगायत सूचना प्रविधिमा आधारित वस्तु तथा सेवामा आफ्नो प्रतिलिपि अधिकार कायम राख्न चाहने व्यक्ति तथा संस्थाले पेश गरेको कागजातको अध्ययन तथा प्रमाणीकरणमा विज्ञ अधिकारीले सहजीकरण गर्नेछन्।

सूचना प्रविधिसम्बन्धी विभिन्न सेवाको विकास तथा प्रयोग भइरहँदा यससम्बन्धी उत्पादनका निर्माता एवं हकवालाको अधिकारलाई कानूनी रूपमा सुरक्षित गर्न मद्दत गर्ने उनले बताए।

साथै आईटी क्षेत्रमा अनाधिकृत प्रतिलिपि, वितरण र तिनीहरूको कामको प्रयोगलाई नियन्त्रण गर्न र सिर्जनाकर्ताहरूको अधिकार संरक्षण तथा उचित क्षतिपूर्ति सुनिश्चित गर्न आफ्नो सहयोग रहने उनले उल्लेख गरे।

प्रकाशित: १५ श्रावण २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free voice, data and SMS services in flood-affected areas by 7 days

  • Technology Khabar
  • १५ श्रावण २०८०, सोमबार