साउनको महिना आइएमई पे मा नारीहरूलाई लक्षित गर्दै आयो ‘प्रिटी उत्सव’

  • Technology Khabar | १५ श्रावण २०८०, सोमबार
साउनको महिना आइएमई पे मा नारीहरूलाई लक्षित गर्दै आयो ‘प्रिटी उत्सव’

काठमाडौं ।

आइएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै “Pretty उत्सव” नामक अफर सार्वजनिक गरेको छ। सो अफर यही साउन महिनाको दोस्रो सोमबारअर्थात साउन ८ देखि ३२ गतेसम्म चल्नेछ।

यस अफरमा जित्नु हुने प्रत्येक विजेतालाई प्रिटी क्लिक (Pretty click) को रु ५००० को भौचर प्रदान गरिने छ। सो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तराल भरि कम्तीमा एक पटक आइएमई पे मार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्नु पर्नेछ।

अफर अन्तरालभर प्रत्येक ५ दिन पश्चात् गोलाप्रथा मार्फत २ जना विजेता छनौट गरिने छ। विजेताहरूको नाम सामाजिक सञ्जाल मार्फत घोषित गरिने छ। सेवाग्राहीले जुनसुकै क्युआर मार्फत भुक्तानी गर्न सक्ने छन्।

विजेताहरूले प्रिटी क्लिकमा गएर सो भाउचरको प्रयोग गर्न सक्ने छन्। यो अफर आइएमई पेको महिला सेवाग्राहीहरूका लागी मात्र मान्य रहेको छ।

प्रकाशित: १५ श्रावण २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei He Tingbo named to TIME’S fourth annual list of the TIME100 AI

  • Technology Khabar
  • १५ श्रावण २०८०, सोमबार