भर्चुअल माध्यमबाट अदालतमा बहस

  • Technology Khabar | १५ श्रावण २०८०, सोमबार
भर्चुअल माध्यमबाट अदालतमा बहस

काठमाडौं ।

उच्च अदालत दिपायलले श्रव्यदृश्य संबाद (भर्चुअल) विधिबाट मुद्दामा बहस हुन थालेपछि भौगोलिक रूपमा टाढा रहेका सेवाग्राहीलाई सहज भएको छ।

उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलाका अनुसार भर्चुअल विधिबाट ४९२ मुद्दामा बहस भएको छ। २०७८ साल चैत ५ गतेबाट भर्चुअल विधिमार्फत विभिन्न जिल्लाका ४९ जना कानुन व्यवसायीले बहस पैरवी गर्नुका साथै ४२ जना विशेषज्ञलगायतको बकपत्र पेस गरिएको छ।

भर्चुअल हेयरिङ उपकरण उच्च अदालत दिपायलका मातहतका सबै अदालतमा जडान गरिएको छ। यो प्रविधिबाट भौगोलिक रूपमा टाढा भएका व्यक्तिलाई सहजता भएको छ। मुद्दा पक्षको समेत समय र स्रोतको बचत भएको छ।

भर्चुअल बहसका कारण अदालतको बार्षिक लक्ष्य प्राप्तिमा सहजता भएको बताइएको छ । उच्च अदालत दिपायलले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी मुद्दा फस्र्योट गरेको विवरण पनि सार्वजनिक गरेको छ। गोरखापत्रबाट

प्रकाशित: १५ श्रावण २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार