वैज्ञानिकहरू साइबेरियाको पर्माफ्रोस्टमा ४६ हजार वर्षसम्म जमेको किरालाई पुनर्जीवित गर्न सफल

  • Technology Khabar | १५ श्रावण २०८०, सोमबार
वैज्ञानिकहरू साइबेरियाको पर्माफ्रोस्टमा ४६ हजार वर्षसम्म जमेको किरालाई पुनर्जीवित गर्न सफल

काठमाडौं ।

वैज्ञानिकहरूले साइबेरियाको पर्माफ्रोस्टमा ४६ हजार वर्षसम्म जमेर बसेको किरालाई पुनर्जीवित गर्न सफल भएका छन्। पीएलओएस जेनेटिक्स जर्नलमा प्रकाशित नयाँ अनुसन्धानकाअनुसार २०१८ मा, रूसको इन्स्टिच्युट अफ फिजियोकेमिकल एन्ड बायोलोजिकल प्रोब्लेम्स इन सोयलका वैज्ञानिकहरूले माइक्रोस्कोपिक नेमाटोडका दुई प्रजातिहरू पत्ता लगाएका थिए, जुन अज्ञात प्रजातिबाट आएको उल्लेख छ।

अनुसन्धानकर्ता अनास्तासिया शातिलोविचले नमूनाहरू मध्ये एउटालाई पुनर्जीवित गरेर, त्यसपछि थप विश्लेषणको लागि महिला प्रजातिको गोलाकार जुका (राउण्डवर्म) लाई जर्मनी लगेको सीएनएनले रिपोर्ट गरेको छ।

नजिकैको पर्माफ्रोस्टमा पाइने बिरुवाहरूबाट रेडियोकार्बन डेटिङ प्रयोग गरेर, वैज्ञानिकहरूले कीरा ४५ हजार ८३९ देखि ४७ हजार ७६९ वर्षको बीचमा भएको विश्वास गरेका छन्।

नमूनाहरूको विश्लेषण पछि, कम्तिमा एउटा पूर्णतया नयाँ प्रजातिबाट आएको वैज्ञानिकहरूले दाबी गरेका बताइएको छ। जसलाई उनिहरूले पानाग्रोलाइमस कोलिमाइनिस नामाकरण गरेका छन्।

अनुसन्धानमा संलग्न ड्रेसडेनको मोलेक्युलर सेल बायोलोजी एन्ड जेनेटिक्सको म्याक्स प्लान्क इन्स्टिच्युटका टेमुरास कुर्जचालियाकाअनुसार सो किरा क्रिप्टोबायोसिस भनिने सस्पेन्डेड एनिमेसनको अवस्थामा बाँचेका हुन्।

“कसैले जीवनलाई रोकेर त्यसपछि पुनः सुरुबाट सुरु गर्न सक्छ। यो एउटा प्रमुख खोज हो,” उनले भने।

“हामीले यो जान्न आवश्यक छ कि कसरी प्रजातिहरू विकासक्रमको माध्यमबाट चरम परिस्थितिमा अनुकूलित हुन सक्छन्, जसले आजको प्रजाति र जीवित मानिसहरूलाई पनि सहयोग गर्न सक्छ,” कोलोन विश्वविद्यालयको प्राणी विज्ञान संस्थानका फिलिप शिफर, अनुसन्धानमा संलग्न अर्का अनुसन्धानकर्ताले वाशिंगटन पोस्टलाई बताए।

ब्रिङ्ग्घम यङ्ग युनिभर्सिटीका जीवविज्ञानी बायरन एडम्सले साइन्टिफिक अमेरिकनसँग भने,”उनीहरूले  वर्णन गरेका किराहरू पर्माफ्रोस्टमा ४० हजार वर्षसम्म जम्मा भएर बाँचेका छन् भन्नेमा म विश्वास गर्न चाहन्छु।”

यद्यपि, वैज्ञानिकले ती किराहरू पुरानो भएकामा पुरा विश्वस्त नभएको तथा समकालीन सूक्ष्मजीवको एकै समयमा फेला परेको वनस्पति पदार्थको पुरानो टुक्रा हुनसक्ने पनि बताएका छन्।

“मलाई पर्माफ्रोस्टमा जैविक सामग्रीको उमेरमा पुरा शंका छैन,” उनले थपे, “ती तथ्यहरु सम्भवतः वैध छन्।”

पुरातन जीवहरू बाहेक, साइबेरियन पर्माफ्रोस्ट, जुन अहिले जलवायु संकटको बीचमा पग्लिरहेको छ, यसमा हरितगृह ग्यासहरूको विशाल भण्डारहरू रहेकाले वैज्ञानिकहरूलाई यसले चिन्तित तुल्याएको रिपोर्टमा उल्लेख छ।

प्रकाशित: १५ श्रावण २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार