आठ हजार राष्ट्रिय परिचयपत्र तयार

  • Technology Khabar | १४ श्रावण २०८०, आईतवार
आठ हजार राष्ट्रिय परिचयपत्र तयार

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा आठ हजार ७४ राष्ट्रिय परिचयपत्र बनेर आएपनि परिचयपत्र लिन आउनेको संख्या भने न्यून रहेको पाइएको छ।

जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता भएकामध्ये दुई पटक गरी गत वैशाखसम्म आठ हजार ७४ जनाको परिचयपत्र बनेर आएपनि ७५१ जनाले मात्र परिचयपत्र लिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए।

परिचयपत्र बनेर आएको र लिन आउनुहोस् भन्ने खबर सम्बन्धित व्यक्तिको मोबाइल नम्बरमा गए पनि लिन आउनेको सङ्ख्या भने न्यून रहेको उहाँको भनाइ छ।

विवरण दर्ता गर्दा राखिएको मोबाइल नम्बरमा खबर गएको बताउँदै गैरेले यसको महत्त्व नबुझेर पनि लिन नआएको हुन सक्ने बताए।

कतिपयको तत्कालीन समयमा दिइएको मोबाइल नम्बर नभएको सम्बन्धित व्यक्तिको मृत्यु भएको देशभन्दा बाहिर रहेको र मोबाइलमा खबर नहेरेका कारणले पनि समस्या भएको हुनसक्ने गैरेको भनाइ छ।

परिचयपत्र लिनका लागि सम्बन्धित व्यक्ति नै आउनुपर्ने र औठाछाप दिनुपर्ने भएकाले एकै घरका भएपनि अन्य कसैलाई दिन नमिल्ने प्रशासनले जनाएको छ।

जिल्लामा हालसम्म एक लाख ७२ हजार ६४ जनाले विवरण दर्ता गराएका छन्। राष्ट्रिय परिचयपत्र लागु भइसकेपछि विभिन्न सरकारी एवं अन्य सेवा सुविधासँग आवद्ध गरी नागरिकलाई ई-सर्भिस गराउन सकिने छ। गोरखापत्रबाट

प्रकाशित: १४ श्रावण २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार