विद्युतीय मुद्रा जारी गर्ने सम्बन्धमा राष्ट्र बैंक अध्ययनको आधारमा अघि बढ्ने

  • Technology Khabar | ७ श्रावण २०८०, आईतवार
विद्युतीय मुद्रा जारी गर्ने सम्बन्धमा राष्ट्र बैंक अध्ययनको आधारमा अघि बढ्ने

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आफूले गरेको अध्ययनको आधारमा केन्द्रीय बैंक विद्युतीय मुद्रा (सीबीडीसी) जारी गर्ने कार्यमा अघि बढ्ने भएको छ।
केन्द्रीय बैंक विद्युतीय मुद्रा जारी गर्ने सम्बन्धमा भएको अध्ययनको आधारमा थप कार्य अगाडि बढाईने छ, राष्ट्र बैंकले आइतबार जारी गरेको चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिमा उल्लेख छ।

गत आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिमा राष्ट्र बैंकले सीबीडीसीको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरेको थियो।

गत आवको मौद्रिक नीतिको उद्देश्यक अनुसार राष्ट्र बैंकले सीबीडीसी कार्यान्वयन गर्नका लागि अवधारणा पत्र तयार गरिसकेको छ।

मौद्रिक नीतिको व्यवस्थाअनुसार मुद्रा व्यवस्थापन विभागका निर्देशक अनुज दाहालको संयोजकत्वमा ६ सदस्यिय समितिले डिजिटल करेन्सी अवधारणा पत्र तयार गरिसकेको छ।

उक्त अवधारणा पत्रका आधारमा राष्ट्र बैंकले सीबीडीसी अघि बढाउन आवश्यक व्यवस्था गर्ने छ।

प्रकाशित: ७ श्रावण २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...