टीएसएमसी आफ्नो ३एनएम प्रोसेसको थप उन्नत संस्करण लन्च गर्ने योजनामा

  • Technology Khabar | ७ श्रावण २०८०, आईतवार
टीएसएमसी आफ्नो ३एनएम प्रोसेसको थप उन्नत संस्करण लन्च गर्ने योजनामा

काठमाडौं ।

टीएसएमसीले आफ्नो ३एनएम प्रोसेसलाई थप एडभान्स बनाउने बताएको छ। हालै कम्पनीका कार्यकारीले थप उन्नत ३एनएम प्रोसेस विकासको क्रममा रहेको भन्दै पुष्टि गरेका छन्।

चिप निर्माता कम्पनी टीएसएमसीले गत वर्षको अन्त्यतिर आफ्नो ३ एनएम प्रोसेसको सुरुवात गरेको थियो। साथै धेरै ठूला नामहरू यस प्रोसेस नोडको विकासको लागि तत्पर रहेका छन्।

रिपोर्टहरूका अनुसार एप्पलको आगामी ए१७ र एम२ चिपहरू नयाँ प्रोसेसरमा आधारित हुने उल्लेख छ। तर खराब उत्पादनको कारणले टीएसएमसीको लागि यो धेरै किफायती नहुन सक्ने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

यद्यपि, सेमीकन्डक्टर कम्पनीले आफ्नो ३एनएम प्रोसेस प्रविधिको अधिक शक्तिशाली संस्करणमा काम गरिरहेको छ। टीएसएमसी (चाइना) कम्पनी लिमिटेडका महाप्रबन्धक लुओ झेन्किउले नान्जिङमा भएको २०२३ विश्व सेमीकन्डक्टर सम्मेलनमा उक्त घोषणा गरेका थिए। गत वर्षको चौथो त्रैमासिकमा ३एनएम चिप्सको ठूलो उत्पादन सुरु गरेदेखि नै टीएसएमसीले नयाँ प्रोसेस नोड सुरु गर्ने तयारी गरिरहेको भनी झेन्किउले बताएका हुन्। साथै नयाँ प्रोसेस नोडले हालको ३एनएम नोडको तुलनामा महत्त्वपूर्ण प्रदर्शन सुधारहरू प्रदान गर्ने अपेक्षा गरिएको छ।

टीएसएमसीले विश्वव्यापी सेमीकन्डक्टर उद्योग हाल ५०० बिलियन अमेरिकी डलर र ६०० बिलियन अमेरिकी डलर बीचको मूल्यांकनमा रहेकोमा जानकार छ। साथै उक्त मूल्यांकन सन्र २०३० सम्ममा १ ट्रिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।

त्यसैगरी बजार वितरणमा उच्च कम्प्युटिङ पावर उत्पादनहरूले ४० प्रतिशत, मोबाइल कम्प्युटिङ (मोबाइल फोन) ले ३० प्रतिशत, उच्च वृद्धि उद्योगहरूले १५ प्रतिशत प्रतिनिधित्व गर्नेछन् भने स्मार्ट वेयरेबल्स उपकरणहरूले बजारको १० प्रतिशत समेटने अपेक्षा गरिएको लुओ झेन्किउले बताएको उल्लेख छ।

प्रकाशित: ७ श्रावण २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार