क्यान महासंघको आफ्ना सदस्यलाई सुझाब- ‘मालवस्तुमा लेबल लगाएर मात्र बिक्री बितरण गर्नुहोस्’

  • Technology Khabar | ५ श्रावण २०८०, शुक्रबार
क्यान महासंघको आफ्ना सदस्यलाई सुझाब- ‘मालवस्तुमा लेबल लगाएर मात्र बिक्री बितरण गर्नुहोस्’

काठमाडौं ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्ना सदस्य आयातकर्ताहरु तथा बिक्रेता सदस्यहरुलाई मालवस्तुमा लेबल (Label) लगाएर मात्र बजारमा सामग्रीहरु बिक्री बितरण गर्न भनेको छ।

सरकारले साउन १ गतेदेखि मालवस्तु पैठारी भएको अवस्थामा वा बजारमा बिक्री वितरणका लागि पठाउनुअघि लेवल लगाउनु पर्ने व्यवस्था गरेअनुसार क्यान महासंघका पदाधिकारीहरू र अर्थ मन्त्रालय, भन्सार विभागका निर्देशकगको भेट वार्तापछि सूचना जारी गर्दै विभिन्न उपायहरु दिएको छ।

जसअनुसार हरेक बिक्री गरिने साना तथा ठूला सामानहरुमामा लेवल लगाउन भनेको छ भने मालवस्तुको प्याकिङमा पैठारीकर्ता र बजार वितरकको नाम, ठेगाना, ईमेल ठेगाना/ वेबसाइट कोड एक्जिम कोडसहितको पूरा विवरणसहित लेवल लगाउन सुझाब दिएको छ। यसमा पैठारीकर्ता वितरकले लेवलमा बार कोड, क्यूआर कोड, सेक्युरिटी स्टिकर लगायतका आफ्नो पहिचान राख्न सक्नेछन्।

यसैगरी २०८० असारसम्म आयात भएका सामानहरूमा पनि लेवल लगाउन र असारसम्म आयात भएको सामानमा सम्बन्धित आयातकर्ताले आफ्नो स्टक बुक अनुसार पुरानो रहेको डाटा राख्नुपर्ने र पछि भन्सार विभाग वा कुनै सरकारी निकायले खोजेमा आफ्नो पुरानो स्टकको विस्तृत विवरण देखाउन भनिएको छ।

यसैगरी आयात गर्नेहरुले आयातकर्ताको लेवल राख्नुपर्नेछ भने नेपालमा धेरै प्रकारका ब्राण्डहरू भएको हुँदा यहाँ भएका डिलरबाहेक अरुले पनि सोही प्रकारका सामानहरु आयात गरिरहेकोमा उक्त आयात गरिएका सामानहरुमा पनि लेबल लगाउन सुझाब दिएको छ।

प्रकाशित: ५ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei He Tingbo named to TIME’S fourth annual list of the TIME100 AI

  • Technology Khabar
  • ५ श्रावण २०८०, शुक्रबार