आइएमई पेमा अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्दा उपहारको बहार

  • Technology Khabar | ४ श्रावण २०८०, बिहीबार
आइएमई पेमा अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्दा उपहारको बहार

काठमाडौं ।

‘आइएमई पे’ ले “रेमिट्यान्समा उपहारको बहार” नामक नयाँ अफर सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्ने ग्राहकवर्गलाई लक्षित गर्दै आइएमई पेले यो अभियान सुरु गरेको हो ।

सो अफर यही साउन १ गते देखि साउनको अन्त्यसम्म चल्ने बताईएको छ।

अफर अन्तर्गत विदेशबाट पठाइएको रेमिट्यान्सको रकम आइएमई पे वालेटमा दाबी गरी प्राप्त गर्ने ग्राहक मध्ये प्रत्येक हप्ता एक भाग्यशाली विजेताले स्मार्टफोन  पाउनुहुनेछ। साथै, अफरको अन्त्यमा एक जना भाग्यशाली ग्राहकलाई बम्पर उपहार स्वरुप अत्याधुनिक प्रविधिको ल्यापटप प्रदान गरिनेछ ।

यस अफर अन्तर्गत रहेका साप्ताहिक तथा मासिक विजेताहरुको पुरस्कार वितरणको तस्बिर तथा भिडियो आइएमई पेको सामाजिक संजालमा प्रकाशन गरिने छ।

यो अफर ग्राहकवर्गलाई विद्युतीय माध्यममार्फत सहजै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गरी विधुत्तिय भुक्त्तानी गर्न प्रेरित गर्ने उदेश्यका साथ सुचारु गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित: ४ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei He Tingbo named to TIME’S fourth annual list of the TIME100 AI

  • Technology Khabar
  • ४ श्रावण २०८०, बिहीबार