सूचना प्रविधि विषय पढ्ने लर्डबुद्धका ६ विद्यार्थीलाई नेपाल लाइफ इन्स्योरेन्सले अध्ययन सुबिधा दिने

  • Technology Khabar | ४ श्रावण २०८०, बिहीबार
सूचना प्रविधि विषय पढ्ने लर्डबुद्धका ६ विद्यार्थीलाई नेपाल लाइफ इन्स्योरेन्सले अध्ययन सुबिधा दिने

काठमाडौं ।

मुलुकभित्र व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्ड बुद्ध एजुकेसन फाउन्डेसन र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन् ।

सीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न एवं व्यावसायिक शिक्षा उपलब्ध गराउनका लागि फाउन्डेसन र इन्स्योरेन्स कम्पनीबिच सहकार्य गर्ने सहमति भएको हो। सहमति पत्रमा फाउन्डेसनका अध्यक्ष पङ्कज जलान र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमन पराजुलीले हस्ताक्षर गरे।

फाउन्डेसनमा सूचना प्रविधिको विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले नेपाल लाइफ ईन्स्योरेन्स कम्पनीमा प्रशिक्षार्थीको रूपमा सहभागी हुन पाउने सहमति भएको छ।

यसबाट विद्यार्थीहरूले पढाइका साथै रोजगारीको समेत अवसर पाउने फाउन्डेसनका अध्यक्ष पङ्कज जलानले बताए।

यस्तै एमबिए र एमएससी आईटीएम विषयमा इन्स्योरेन्स कम्पनीका तर्फबाट ६ जना विद्यार्थीलाई फाउन्डेसनले निःशुल्क अध्ययन सुविधा उपलब्ध गराउने समेत सहमति भएको छ। इन्स्योरेन्स कम्पनीले छनोट गर्ने ६ जना विद्यार्थीलाई शैक्षिक सत्रमा लाग्ने १० लाख २० हजार रुपैयाँ खर्च फाउन्डेसनले बेहोर्ने छ।

नेपाल लाइफ कम्पनीमा कार्यरत बिमा अभिकर्ताहरु मध्ये ६ जनालाई सूचना प्रविधिको अध्ययनमा लाग्ने सम्पूर्ण खर्च फाउन्डेसनले बेहोर्ने गरी सहमति भएको छ।

नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पराजुलीले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क शिक्षा र रोजगारी सिर्जना गर्न लागिएको बताए। सो कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने उनको भनाई छ।

सूचना प्रविधिको विकास र प्रयोग बढेपनि सो अनुसारको दक्ष कामदार पाउन नसकिएकाले आफूहरूले पहल गरेको अध्यक्ष जलानको भनाई छ। सरकारले पछिल्लो समय अङ्गीकार गरेको पढ्दै कमाउँदै नीतिको व्यवहारिक कार्यान्वयनका लागि फाउन्डेसनले पनि पहल गरिरहेको अध्यक्ष जलानले बताए।

प्रकाशित: ४ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei He Tingbo named to TIME’S fourth annual list of the TIME100 AI

  • Technology Khabar
  • ४ श्रावण २०८०, बिहीबार