
काठमाडौं ।
जर्मनीको इलेक्ट्रिक कार बजार २०२३ मा प्रभावशाली वृद्धिको तथ्याङ्कको साथ केन्द्रमा रहन सफल भएको छ। वर्षको पहिलो आधा भागमा नयाँ प्यासेन्जर कार दर्ताहरूको वार्षिक दरमा पर्याप्त १२.८ प्रतिशतको वृद्धि देखिएको र जुन महिनामा मात्रै उल्लेखनीय रुपमा २५ प्रतिशतले बढेर २ लाख ८० हजार १३९ ओटा नयाँ दर्ता भएको बताइएको छ।
यस वृद्धिमा प्लग–इन इलेक्ट्रिक कार सेगमेन्ट (खण्ड)लाई सबैभन्दा महत्त्वपूर्ण योगदानकर्ताहरू मध्येको एक मानिएको र यो द्रुतरूपमा विस्तार भइरहेको बताइएको छ। यद्यपि, बजारले भने ब्याट्री इलेक्ट्रिक भेहिकल्स (बीईभी) र प्लग–इन हाइब्रिड इलेक्ट्रिक भेहिकल्स (पीएचईभी) बीचको स्पष्ट विभाजन देखिरहेको उल्लेख गरिएको छ।
विशेष गरी बीईभीले ५२,९८८ को नयाँ दर्ताहरूको साथ प्रभावशाली ६४ प्रतिशतको वृद्धि अनुभव गरेको र १८.९ प्रतिशत बजार हिस्सा कब्जा गर्दै नेतृत्व गरिरहेको छ। यसैबीच, पीएचईभीले मन्दीको सामना गरेको र ३९ प्रतिशतले गिरावट आएर १५,९३० इकाईमा झर्दै ५.७ प्रतिशत बजार हिस्सा सुरक्षित गरेको बताइएको छ।
वर्षको हालसम्मको सञ्चित दर्तालाई हेर्दा, बीईभी तर्फ २२०,२४४ इकाइहरू रेकर्ड भएको र यसले वार्षिक दरको उल्लेखनीय ३२ प्रतिशत वृद्धि र १५.८ प्रतिशत बजार हिस्सा प्रतिनिधित्व गरेको छ। यद्यपि, पीएचईभी तर्फ भने ७९,०६५ इकाइहरू दर्ता भएको र ४३ प्रतिशतको तीव्र गिरावटको सामना गरेको हुनाले यसको परिणामस्वरूप ५.७ प्रतिशत मात्र बजार हिस्सा भएको उल्लेख गरिएको छ।
२०२३ को एक उल्लेखनीय नीति परिवर्तनले पीएचईभी बजारलाई असर गरेको छ। साथै तिनीहरू अब अनुदानका लागि योग्य नभएको र तिनीहरूको बिक्री र बजार अपीललाई पनि असर नपार्ने बताईएको छ।
प्लग–इन इलेक्ट्रिक कार सेगमेन्ट (खण्ड) र बीईभी क्याटेगोरीको दौडमा फक्सवागन सबैभन्दा अग्रस्थानमा उभिएको र टेस्लाले यसलाई नजिकबाट पछ्याएको छ। यसैबीच, मर्सिडिज बेन्जले पीएचईभी सेगमेन्ट (खण्ड)मा आफ्नो अग्रता कायम राखेको छ।
गत जुन महिनाको बेस्ट–सेलिङ्ग इलेक्ट्रिक कार मोडल र यअर–टु–डेट रहेको टेस्ला मोडल वाईको जुन महिनामा ६,०९८ नयाँ दर्ताहरू भएको र अहिलेसम्म कुल २७,८२५ दर्ताहरू भएको छ। फक्सवागन आईडी.४/आईडी.५ जोडीले जुन महिनामा राम्रो प्रदर्शन गरेता पनि यस वर्षको वरीयतामा भने पछि परेको उल्लेख छ।
प्रकाशित: ४ श्रावण २०८०, बिहीबार