नेपाल टेलिकमको फोरजी सेवा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा

  • Technology Khabar | ४ श्रावण २०८०, बिहीबार
नेपाल टेलिकमको फोरजी सेवा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा
म्याग्दीमा रहेको नेपाल टेलिकमको मोबाइल टावर। फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमले कर्णाली प्रदेशको दुर्गम जिल्ला डोल्पाको त्रिपुरासुन्दरी
नगरपालिकामा फोरजी सेवा उपलब्ध गराएको छ।

नगरपालिकाको वडा नम्बर १० मा निर्माण गरिएको टावरबाट यस नगरपालिकामा समेटिएका साविकका त्रिपुराकोट र पाहाड गाविसका पूरै भूभागका वासिन्दा र लिकु तथा ल्हाँ गाविसका अधिकांश वस्तीहरुमा फोरजी सेवा उपयोग गर्न सकिने भएको छ।

सो नगरपालिकाका त्रिपरुकाटे, पाहाडा र लिकु बढी मानव वसोबास गर्ने स्थानहरु हुन् । टेलिकमकाअनुसार फोरजी सेवाको शुरुवातसँगै त्यस क्षेत्रका वासिन्दाको सहजै मोबाइल र तीव्र गतिको इन्टरनेट प्रयोग गर्न पाउने चाहना पूरा भएको छ।

नगरपालिकाका अधिकांश वस्तीहरुमा मोबाइल र इन्टरनेटले राम्रोसँग काम गरेकाले त्रिपुरासुन्दरी नगरपालिकाका मेयर प्रमुख जनचन्द्र रोकायाले टेलिकमको सेवाबाट त्रिपुरासुन्दरी नगरपालिकावासीहरु खुशी भएको उल्लेख गर्दै सेवा नपुगेका कतिपय वस्तीहरुमा पनि दूरसञ्चार सेवा पुर्याउन नेपाल टेलिकमसँग थप सहकार्य गर्न तयार रहेको बताए।

प्रकाशित: ४ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei He Tingbo named to TIME’S fourth annual list of the TIME100 AI

  • Technology Khabar
  • ४ श्रावण २०८०, बिहीबार