२००७ मा लन्च गरिएको पहिलो आईफोन ४ जीबी मोडल करिब अढाई करोडमा बिक्री

  • Technology Khabar | २ श्रावण २०८०, मंगलवार
२००७ मा लन्च गरिएको पहिलो आईफोन ४ जीबी मोडल करिब अढाई करोडमा बिक्री

काठमाडौं ।

लगभग १६ वर्ष पहिले लन्च गरिएको एप्पल आईफोन एक व्यक्तिले करोडौंमा रकम तिरेर किनेको छ। हामी एप्पल आईफोन उत्पादन लाइनअपको पहिलो मोडेलको बारेमा कुरा गर्दैछौं, जुन सन् २००७ मा स्टीभ जब्सद्वारा प्रस्तुत गरिएको थियो।

यो पहिलो आईफोन मोडेल दुई भण्डारण संस्करण ४जीबी र ८ जीबीमा लन्च गरिएको थियो। त्यतिबेला यसको मूल्य ५०० देखि ६०० डलरसम्म थियो तर अहिले एक व्यक्तिले यसको लागि १ लाख ९० हजार डलर तिर्न राजी भएका छन्।

यो पहिलो रिलीज, कारखाना (फ्याक्ट्रि) सिल गरिएको आईफोन ४जीबी केहि हप्ता अघि एलसीजी लिलामीमा सूचीबद्ध गरिएको थियो। लिलामी कम्पनीले उक्त एकाइ ५० हजार डलरदेखि १ लाख डलरको बीचमा लिलामीकर्ताहरुले खरिद गर्न सक्ने अनुमान गरेको छ।

९टू५ म्याकका अनुसार, ३० जुनमा केवल १०,००० डलरदेखि बिडिङ सुरु भएको थियो। बिडिङ सुरुमा बिस्तारै बढ्यो र आइतवार, जुलाई १६ सम्म आईपुग्दा ४२ हजार डलरमा पुग्यो।

रिपोर्टहरूकाअनुसार यस पछि, बिडिंग द्रुत गतिमा बढ्यो र धेरै बोलीहरू पछि, विजयी बोली १ लाख ९० हजार ३७२ डलर अर्थात लगभग २ करोड ५० लाख रुपैयाँ थियो।

रिपोर्टका अनुसार, सोही पहिलो रिलिजको ८ जीबी मोडल यस वर्ष फेब्रुअरीमा ६४ हजार डलरमा लिलामी भएको थियो। त्यति मात्र होइन, अर्को सिल गरिएको ८ जीबी मोडल आइतबार मात्र ३९,३३९ डलरमा बिक्री भएको थियो।

कसरी ४जीबी मोडेल ८जीबी स्टोरेज भन्दा उच्च मागमा थियो भनेर तपाईँ अब सोच्दै हुनुहुन्छ होला। तर लिलामी भन्छ कि “मूल 4४जीबी मोडेललाई आईफोन सङ्कलनकर्ताहरू बीच “होली ग्रेल” मानिन्छ।

यसको चरम अभाव प्रत्यक्ष रूपमा यो सीमित उत्पादनसँग सम्बन्धित छ। जून २९, २००७ मा ८ जीबी मोडेलको साथमा लन्च भएको हुँदा ४ जीबी मोडेलको बिक्री सुरुवात सुस्त भएको थियो। खरीदकर्ताहरूले स्टोरेज स्पेस दोब्बर भएको आईफोनको लागि अतिरिक्त १०० डलर तिर्ने छनौट गरे। बिक्री घट्दै गएको कारण, सेप्टेम्बर ५, २००७ मा पहिलो रिलीज भएको दुई महिना पछि एप्पलले ४ जीबी मोडेल बन्द गर्ने निर्णय गरेको थियो।

यो मौलिक आईफोन ४जीबी स्टोरेज, गोरिल्ला ग्लासको साथ ३.५ इन्च टिएफटी टचस्क्रिन, १,४०० एमएएच ब्याट्री, र एकल २ मेगापिक्सेल रियर क्यामराको साथ लन्च भएको थियो।

प्रकाशित: २ श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...