लाईसेन्स तथा ईजाजत पत्र नवीकरण सेवाका लागि सूचना तथा प्रसारण विभाग आज खुला

  • Technology Khabar | ३० असार २०८०, शनिबार
लाईसेन्स तथा ईजाजत पत्र नवीकरण सेवाका लागि सूचना तथा प्रसारण विभाग आज खुला

काठमाडौं ।

सूचना तथा प्रसारण विभाग आज असार ३० गते शनिबार समेत खुला रहेको छ। विभागले चालु आर्थिक वर्षको अन्तिम समयमा विभिन्न सरकारी दस्तुर तथा शुल्कहरु बुझाउनु पर्ने कार्यको लागि कार्यालय खुला गरेको जनाएको छ।

विभागले एक सूचनामार्फत आज रेडियो ऐन, २०१४, रेडियो नियमावली, २०४९, राष्ट्रिय प्रसारण ऐन, २०४९ तथा राष्ट्रिय प्रसारण नियमावली, २०५२ अनुसारको लाईसेन्स तथा ईजाजत पत्र नवीकरण तथा अन्य दस्तुर बुझाउने सेवाका लागि कार्यालय खुला रहने उल्लेख गरेको छ।

प्रकाशित: ३० असार २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...