Technology Khabar २९ असार २०८०, शुक्रबार
काठमाडौं ।
नेपालमा क्यूआर मार्फत हुने भुक्तानी बढ्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० जेठको मासिक भुक्तानी प्रणाली सूचक अनुसार २८ अर्ब ७ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको छ।
बैशाखमा २६ अर्ब ५ करोड १० लाख रुपैयाँ बराबरको क्यूआर मार्फत भुक्तानी भएको थियो। बैशाखको तुलनामा जेठमा क्यूआर मार्फत हुने भुक्तानी २ अर्ब २ लाख ५० लाख रुपैयाँले बढेको छ।
क्यूआर मार्फत हुने भुक्तानी रकम बढेसँगै कारोबार संख्या पनि बढ्दो क्रममा देखिएको छ। बैशाखमा क्यूआर मार्फत ८५ लाख ८७ हजार २२४ पटक करोबार भएको थियो भने जेठमा ९५ लाख ९ हजार २४९ पटक करोबार भएको तथ्यांकमा देखिन्छ।
एक महिनाको अवधिमा क्यूआर मार्फत हुने कारोबार संख्या ९ लाख २२ हजार २५ ले बढेको छ।
प्रकाशित: २९ असार २०८०, शुक्रबार