सञ्चार सचिव कृष्णबहादुर राउतलाई रिहाइको माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट

  • Technology Khabar | २८ असार २०८०, बिहीबार
सञ्चार सचिव कृष्णबहादुर राउतलाई रिहाइको माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट
फाइल तस्विर

काठमाडौं ।

ललितानिवास प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई रिहाइको माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता भएको छ।

राउतका तर्फबाट उनका भाइले बुधबार रिट दर्ता गरेका हुन् । रिटको प्रारम्भिक सुनुवाइ बिहीबारका लागि तोकिएको छ। पक्राउ पुर्जीमा थुनामा राख्नुपर्ने आधार र कारण नखुलाई गैरकानुनी रूपमा राखिएकाले थुनामुक्त गर्न रिटमा माग गरिएको छ।

शाखा अधिकृतका रूपमा कार्यरत रहँदा उठाएको टिप्पणीको विषयलाई लिएर उक्त प्रकरणको कीर्ते मुद्दा अनुसन्धानको सिलसिलामा राउत पक्राउ परेका हुन्। उक्त प्रकरणमा पक्राउ परेका अन्य तीन जनाको तर्फबाट पनि बन्दीको रिट दर्ता भएको छ ।

उक्त रिटमा अदालतले लिखित जवाफ माग गरे पनि अन्य सुनुवाइको प्रक्रिया अघि बढेको छैन्। गोरखापत्रबाट

प्रकाशित: २८ असार २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार