काठमाडौं ।
युरोपेली संघ र बेल्जियमको क्षेत्रीय फ्लेमिश सरकारले बेल्जियमको चिप टेक्नोलोजी फर्म आईमेक (Imec) मा १.५ अर्ब यूरो (१.६ अर्ब डलर) लगानी गर्ने फ्लेमिश सरकारले शुक्रबार बताएको छ।
आईमेकले सबैभन्दा उन्नत उपकरण र प्रक्रियाहरूको साथ आफ्नो “स्वच्छ कोठा” परीक्षण सुविधा विस्तार गर्न लगानी प्रयोग गर्ने कम्पनीले एक विज्ञप्तिमा भनेको रोयटर्सले उल्लेख गरेको छ।
“हामीलाई थाहा छ कि हामीले हाम्रो पैसा युरोमा मात्र नभई सामाजिक लाभांशमा पनि फिर्ता पाउनेछौं,” फ्लेमिश मन्त्री-अध्यक्ष जान जाम्बोनले युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन र बेल्जियमका प्रधानमन्त्री अलेक्ज्याण्डर डे क्रोसँगको संयुक्त पत्रकार सम्मेलनमा भने।
भोन डर लेयनले इमेक भ्रमण गर्दै थिईन्, र उनले ईयूको अडानमा जोड दिँदै यसले चिप्सको लागि यसको आपूर्ति श्रृंखलालाई जोखिममुक्त गर्नुपर्ने बताईन।
प्रकाशित: २६ असार २०८०, मंगलवार